तीन व्यक्ति प्रजनन प्रविधिबाट जन्मियो शिशु

आइतबार, ०७ कार्तिक २०७३, १० : ०१ शुक्रवार , Kathmandu
तीन व्यक्ति प्रजनन प्रविधिबाट जन्मियो शिशु

विश्वमै पहिलोपटक ‘तीन व्यक्ति प्रजनन’ प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन् । न्यू साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले तीनजना मानिसको डीएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन् ।
‘हामी आमा–बुबा र डिम्बदाताको डीएनए मिश्रणले शिशुको जन्म गराउन सफल भयौँ,’ चिकित्सकहरूले भने । उनीहरूले हरेक डिएनएमा माइटोकोन्ड्रिया हुने र यसले डीएनएलाई ऊर्जा प्रदान गर्ने बताए ।
तर, केही महिलामा भने माइटोकोन्ड्रियामा समस्या हुने भएकाले यसले प्रजनन क्षमतामा असर पर्ने र यसलाई लेह सिन्ड्रोम भनिने तथा लेह सिन्ड्रोमले नवजात शिशुको मस्तिष्कमा असर गर्ने भएकाले यो निकै खतरनाक बन्न सक्ने बताए ।

Leave A Comment