खराब कमेन्ट नगर्न प्रहरीको अनुरोध

शनिबार, ०६ कार्तिक २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
खराब कमेन्ट नगर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कमेन्ट गर्दा मर्यादित बन्न सचेत गराएको छ । अश्लील, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग दिनानुदिन बढ्दै गएपछि प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न आग्रह गरेको छ । त्यस्ता कमेन्टले इज्जत र प्रतिष्ठामा प्रतिकूल असर पर्न गएको भन्दै पीडितहरूबाट प्रहरीलाई गुनासो प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
‘फेसबुक, ट्वीटरजस्ता सबैखाले सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति वा संस्थाको इज्जत, प्रतिष्ठामा आँच पु¥याउने खालका कमेन्ट कोही कसैबाट नहुन र नगराउन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
व्यक्ति वा संस्थाको प्रतिष्ठामा असर गर्नेगरी अभिव्यक्ति सम्प्रेषण गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

 

Leave A Comment