प्रिय १० सुर

शनिबार, ०६ कार्तिक २०७३, ११ : ४९ सन्जिना श्रेष्ठ , Kathmandu
प्रिय १० सुर

लोकदोहोरी गायक पशुपति शर्माले आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएका छन् ।

आफ्ना ५
मलाई अमेरिका यही
मेरो जीवनमा पहिलो अभिनय नै मैले यो गीतबाट गरेको हुँ । यस गीतले स्वदेशमै पनि नेपाली युवाले केही गर्न सक्छन् भन्ने भाव बोकको र सुन्न पनि आनन्द लाग्ने भएकाले यो गीत मलाई प्रिय लाग्छ ।
ढाड दुखेर मा¥यो
कुनै पनि काम आफूले सहज सम्झेर ग¥यो भने सहज हुने, गाह्रो सम्झेर ग¥यो भने गाह्रो हुने भन्ने सन्देश बोकेको कारण मलाई यो गीत मन पर्छ ।
क्याम्पस पढ्न आउनी
धेरै अभिभावकका सन्तान कलेज जान्छु भनी  बाह्य क्रियाकलापमा संलग्न हुन्छन् । यस गीतले अभिभावकलाई सचेत गराउने भएकाले मलाई यो गीत मन पर्छ ।
लास्ट चोटि  
नारी सशक्तीकरणका बारेमा रमाइलो ढंगबाट प्रस्तुत गरिएको गीत भएकाले र कोमल दिदीसँग काम गर्ने मौका पाएकाले यो गीत मलाई मन पर्छ ।
झमझम दर्कियो पानी
नेपाली लोकगीतको सुगन्ध यो गीतमा पाउँछु । टिपिकल गीत भएकाले सुन्न पनि रमाइलो लाग्छ ।
अरूका ५
आमा रुँदै गाउँबेसी मेलैमा
स्वर्गीय गायक लोकबहादुर क्षत्रीको स्वर रहेको यो गीत निकै मार्मिक लाग्छ । आमाबाबुले आफ्ना सन्तान जन्माएर, हुर्काएर आफ्नो खुट्टामा उभ्याउन ठूलो भूमिका खेलेका हुन्छन्, तर उनीहरूको स्याहार गर्ने बेलामा उही छोरा विदेश धन कमाउनका लागि जान्छ । यो भावले गीतलाई साँच्चै बलियो बनाएको छ ।
ऐना हेरेर लाऊँ माया लाउनेले
पुरुषोत्तम न्यौपानेले गाउनुभएको यो गीतको मेलोडी औधी मन पर्छ । सानो बेलामा धेरै गुनगुनाउने गीतमध्ये यो पनि एक हो ।
पानको पात
म यो गीतलाई नेपाली लोकगीतको खम्बा मान्छु । सबैको मुखमा झुन्डिने गीत भएकाले सुन्न र गाउन रमाइलो लाग्छ ।
रेशम फिरिरी
सबै नेपालीले मात्र नभई विदेशीहरूले पनि यो गीत गुनगुनाउने गरेको कारण यो गीत मलाई मन पर्छ ।
आमाले सोध्लिन् नि खै छोरा भन्लिन्
एउटा लाहुरेको व्यथाको मार्मिक बयान भएकाले मलाई यो गीत असाध्यै मन पर्छ ।
 

 

Leave A Comment