भिक्टोरियाको भय

शुक्रबार, ०५ कार्तिक २०७३, १२ : ५३ शुक्रवार , Kathmandu
भिक्टोरियाको भय

बेलायती गायिका/मोडल भिक्टोरिया बेकह्यामलाई रातो कार्पेटमा हिँड्न मन पर्दैन । किनकि, उनलाई रातो कार्पेटमा हिँड्न डर लाग्ने गर्छ । ‘रेड कार्पेटमा हिँड्न मलाई असाध्यै असहज महसुस हुन्छ,’ उनले भनिन् ।
फेसन डिजाइनर पनि रहेकी भिक्टोरियाले भनिन्, ‘जब मलाई रेड कार्पेटमा क्याटवाक गर्नुपर्ने हुन्छ, तब मलाई क्याटवाक गर्नुपर्ने अवधि चाँडै सिद्धिए हुन्थ्यो भन्ने लाग्छ । रेड कार्पेटबाट बाहिरिने क्षणको मलाई व्यग्र प्रतीक्षा हुने गर्छ ।’ आफूलाई रेड कार्पेटसँग किन यस्तो मोह नभएको भन्नेबारे स्वयं आफूलाई नै थाहा नभएको उनी बताउँछन् । ‘रेड कार्पेटप्रति म किन टाढा रहन चाहन्छु भन्ने थाहा छैन, तर रेड कार्पेटमाथि हुँदा मन त्यसै आत्तिने गर्छ,’ उनले भनिन् ।

 

Leave A Comment