महँगा भए नेमार

शुक्रबार, ०५ कार्तिक २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
महँगा भए नेमार

ब्राजिलियन फुटबल स्ट्राइकर नेमार स्पेनिस क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्दै छन् । बार्सिलोनाले गएको जुलाईमा नै नेमारसँग नयाँ सम्झौता गर्ने बताएको थियो । तर, ओलम्पिकसहित अरू खेलको चटारोका कारण सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।
नेमारले क्लबसँग आउँदो शुक्रवार औपचारिक रूपमा पाँच वर्षको सम्झौता गर्ने बार्सिलोनाले जनाएको छ । सम्झौताअनुसार उनी सन् २०२१ सम्म बार्सिलोनामै रहने छन् । सम्झौतापछि उनको तलब १ करोड ६० लाख युरो हुनेछ ।
यो सम्झौता भएपछि नेमार निकै महँगा हुनेछन् । उनलाई कुनै क्लबले किन्न चाहेमा यो सम्झौताको पहिलो वर्ष २० करोड युरो, दोस्रो वर्ष २२ करोड २० लाख र अन्तिमका तीन वर्षमा २५ करोड युरो खर्च गर्नुपर्ने हुन्छ । नेमार सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा आएका हुन् ।

Leave A Comment