सेलेनासँग नजिकिँदै बिबर र नेइमार

आइतबार, ०५ असार २०७३, ०६ : ५५ शुक्रवार , Kathmandu
सेलेनासँग नजिकिँदै बिबर र नेइमार

बे्रकअपपछि गायक जस्टिन बिबर र गायिका सेलेना गोमेजले सामाजिक सञ्जालमा एकअर्कालाई बेवास्ता गर्न थालेका थिए । तर, धेरै समयसम्म बिबर सेलेनाबाट टाढा रहन सकेनन् । उनले फेरि सेलेनालाई फलो गर्न थालेका छन् । प्रसिद्ध फुटबल खेलाडी नेइमार पनि सेलेनासँग नजिकिँदै छन् । आजभोलि नेइमार र सेलेना कार्यक्रमहरूमा सँगै देखिन थालेका छन् । नेइमार र बिबर मिल्ने साथी हुन् । तर, सेलेनाका कारण दुवैको सम्बन्धमा फाटो देखिन थालेको छ । अहिलेसम्म यी दुवै साथीले यसबारे मुख भने खोलेका छैनन् ।

 

Leave A Comment