रामबाबुको पारिश्रमिक २५ लाख

बिहिबार, ०४ कार्तिक २०७३, ११ : ०० शुक्रवार , Kathmandu
रामबाबुको पारिश्रमिक २५ लाख

नेपाली फिल्म निर्देशकले एउटा फिल्म निर्देशन गरेको पारिश्रमिक कति लिँदा हुन् ? पाँच लाख, दश लाख वा पन्ध्र । धेरैको अनुमान पाँच/सात लाखमै सीमित हुन्छ । धेरै निर्देशकले लिने पारिश्रमिक पाँच/सात लाख नै हो । तर, एउटा फिल्म निर्देशन गरेबापत २५ लाख रुपैयाँ पारिश्रमिक लिने निर्देशक पनि नेपालमै छन् । ‘कबड्डी कबड्डी’ निर्देशन गरेका रामबाबु गुरुङ एउटा फिल्म निर्देशन गरेको २५ लाख लिन्छन् । ‘झोले–२’ को निर्देशकमा अनुबन्ध भएका उनले २५ लाख पारिश्रमिक लिनेगरी सम्झौता गरेका छन् । मौलिक फिल्मका पक्षपाती गुरुङ अहिले नेपालका राम्रा मात्रै हैन, महँगा निर्देशक पनि हुन् । उनले आफ्नै लगानीमा बनेको फिल्म ‘कबड्डी कबड्डी’मा पनि आफ्नो पारिश्रमिक २० लाख राखेका थिए ।

 

Leave A Comment