ट्वीटर बिक्रीमा

बिहिबार, ०४ कार्तिक २०७३, १० : ४९ शुक्रवार , Kathmandu
ट्वीटर बिक्रीमा

विश्वको चर्चित सामाजिक सञ्जाल ट्वीटर बिक्री हुने भएको छ । केही वर्षयता प्रयोगकर्ताको घट्दो रुचि तथा लोकप्रियता र विश्लेषकहरूको आलोचनापछि अन्ततः ट्वीटर बिक्री हुने भएको हो । यसका लागि कम्पनीहरूसँग संवाद भइरहेको कम्पनीले जनाएको छ ।
ट्वीटरले भनेको छ, ‘विगत केही वर्षयता ट्वीटरको लोकप्रियता घटेको छ । हामीले नयाँ प्रयोगकर्ता र भएका प्रयोगकर्तालाई आकर्षित गर्न सकेनौँ । हामीले व्यवस्थापनमा पनि धेरै कठिनाइ झेल्नुप¥यो । त्यसैले हामी ट्वीटर बिक्रीको तयारीमा छौँ ।’
कम्पनीले केही हप्ताअघि बसेको आफ्नो बोर्ड बैठकले ट्वीटर बिक्री गर्ने निर्णय गरेको र यसका लागि गुगल, लिंक्डइन, सेल्सडटकमलगायत कम्पनीसँग निरन्तर संवाद भइरहेको कम्पनीले जनाएको छ ।

Leave A Comment