कुङ्फू सिक्दै फेलिसिटी

बुधबार, ०३ कार्तिक २०७३, १० : १२ शुक्रवार , Kathmandu
कुङ्फू सिक्दै फेलिसिटी

हलिउड अभिनेत्री फेलिसिटी जोन्स हिजोआज कुङ्फूप्रति मोहित हुन थालेकी छिन् । उनको नयाँ फिल्म ‘रोग वान’मा एक्सन सिन प्रशस्तै छन् । यसका लागि उनले पनि विभिन्न एक्सन स्टन्ट गर्नुपर्ने तय भएको छ । उनी कुङ्फूप्रति आकर्षित हुनुको कारण यही हो ।
‘फिल्ममा उनले एकजना बलिष्ठ युवतीको भूमिका निर्वाह गर्नुपर्नेछ,’ समाचारमा भनिएको छ, ‘फिल्ममा आफूले निर्वाह गर्ने पात्रलाई न्याय गर्न उनले एक्सनका कला सिक्न आवश्यक छ । यही महसुस गरेर फेलिसिटीले कुङ्फूको तालिम लिन थालेकी छिन् ।’ उनी स्वयंले पनि अहिलेजस्तो कठिन शारीरिक अभ्यास कहिल्यै नगरेको बताएकी छिन् ।

 

Leave A Comment