समानता अभियन्ता एमा

आइतबार, ३० असोज २०७३, ०१ : ३० शुक्रवार , Kathmandu
समानता अभियन्ता एमा

बेलायती अभिनेत्री तथा राष्ट्रसंघकी सद्भावना दूत एमा वाट्सनले लैंगिक समानताको पक्षमा आवाज उठाएकी छिन् । राष्ट्रसंघले सुरु गरेको ‘ही फर सी’ अभियानकी अभियन्तासमेत रहेकी उनले यही अभियानअन्तर्गतको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
अमेरिकी शहर न्युयोर्कमा आयोजित एउटा कार्यक्रममा उनले भनिन्, ‘आज विश्वविद्यालयमा महिलालाई समान सम्मान, नेतृत्वको अवसर र समान तलबभत्ता प्राप्त नभइरहेको अवस्था छ । यो अवस्थामा सुधार ल्याउन आवश्यक छ ।’ साथै, विश्वविद्यालय परिसरमा महिलाको सुरक्षा उसको अधिकार भएको र कसैले कृपा गरेर जोहो गरिदिने चिज नभएको महसुस गर्नसमेत उनले विश्वविद्यालयलाई आह्वान गरेकी छिन् ।

Leave A Comment