युद्धबारे कंगना

आइतबार, ३० असोज २०७३, ०९ : ४२ शुक्रवार , Kathmandu
युद्धबारे कंगना

भारत र पाकिस्तानबीच युद्धको सम्भावना प्रबल बनेको विश्लेषण सर्वत्र भइरहेका बेला यसले बलिउडलाई पनि प्रभावित गरेको छ । खासगरी भारत सरकारले भारतभित्र रहेका पाकिस्तानी कलाकारलाई अविलम्ब देश छोड्ने आदेश दिएपछि भारतीय कलाकारले यसप्रति चासो देखाएका छन् । र, चासो देखाउनेको पंक्तिमा बलिउड अभिनेत्री कंगना रनौट पनि छिन् ।
‘पाकिस्तानी कलाकारलाई भारत छोड्न दिइएको आदेश ठीक छ वा छैन भनी सोच्ने मनस्थितिमा अहिले भारतीय छैनन् । कश्मिरमा बन्दुकधारीहरूबाट जसरी आक्रमण भयो, त्यसले भारतलाई ठूलो हानि भएको छ । यो विषयले गर्दा ठीक अथवा बेठीकबारे विश्लेषण गर्ने अवस्था अहिले कसैसँग छैन,’ उनले भनिन् ।

Leave A Comment