टेलरको नयाँ प्रेमी

शुक्रबार, २१ असोज २०७३, १२ : १६ शुक्रवार , Kathmandu
टेलरको नयाँ प्रेमी

हलिउड अभिनेता टम हिडलस्टनसँगको ब्रेकअपपछि गायिका टेलर स्विफ्टले नयाँ प्रेमी रोजेकी छिन् । टेलरको प्रेमी बन्ने सौभाग्य पाएका छन्, अभिनेता ज्याक एफ्रानले ।
उनीहरूले आफूहरूबीच प्रेम भएको कुरा स्विकारेका छैनन् । तर, पनि हलिउड वृत्तमा उनीहरूबीचको सम्बन्ध मित्रताभन्दा निकै माथि उक्लिसकेको छ भन्ने चर्चा सर्वत्र भइरहेको छ । उनीहरूनिकट स्रोतले समेत उनीहरूको सम्बन्धलाई पुष्टि गरिसकेको छ ।  
‘टमसँग ब्रेकअप भएको एक हप्ता पनि नबित्दै उनीहरू सँगै घुम्ने, डिनरमा जाने, एकअर्र्कासँग रमाउने गर्न थालेका छन् । यसबाट उनीहरूबीचको लगाव टेलरको ब्रेकअप हुनुअगावैबाट सुरु भएको त थिएन भन्ने आशंका सर्वत्र गरिएको छ,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment