सोनमले सम्झिइन् तीता पल

शुक्रबार, २१ असोज २०७३, १२ : १३ शुक्रवार , Kathmandu
सोनमले सम्झिइन् तीता पल

बलिउड अभिनेत्री सोनम कपुरले बाल्यकालमा आफूले भोग्नुपरेका तीता क्षण सम्झिएकी छिन् । एउटा अन्तर्वार्तामा उनले बाल्यकालमा शारीरिक रूपमा त्यति सुन्दर नभएको भन्दै अनेक खालका घोचपेच सहनुपरेको बताएकी छिन् ।
‘सानोमा मलाई बाँसजस्ती अग्ली र काली भन्ने गर्थे, योसँग कसले बिहे गर्ला भनेर मलाई घोचपेच गर्ने गर्थे,’ उनले भनिन् । त्यतिबेला उनी स्वयंलाई पनि आफ्नो रूपरङ मन पर्दैन थियो । ‘ऐना हेरेपछि सुत्न नसकेर त्यतिबेला अनेक कुरा खेलाउँदै मैले कैयौँ रात बिताएकी छु,’ उनले भनिन्,  ‘मेरो पेट पुट्ट निस्किएको थियो,  मोटी पनि थिएँ । आँखावरिपरि डार्क सर्कल थियो । शरीरमा स्ट्रेच मार्क थिए । यस्ता कुराले मलाई ठूलो तनाव दिने गर्थे ।’

 

Leave A Comment