सुरकर्मीका दशैँ योजना

शुक्रबार, २१ असोज २०७३, १० : ५५ शुक्रवार , Kathmandu
सुरकर्मीका दशैँ योजना

राजेशपायल राई
मेरो हरेक दशैँ दर्शक÷स्रोतामाझ नै बित्ने गर्छ । आफ्नो परिवारसँग दशैँ नमनाएको १०÷१२ वर्ष भइसक्यो । यो वर्षको दशैँ पनि अमेरिकामा हुनेछु । त्यहाँ साथीभाइसँग कन्सर्टमा झुमेर दशैँ मनाउने हो । खानपान र नाचगान गरेर दशैँ मनाइन्छ । आमाबुबा यूकेमा हुनुहुन्छ । प्रायः सबै पर्व विदेशमा नै मनाइन्छ ।

प्रमोद खरेल
यसपालिको दशैँमा अमेरिका जाने कार्यक्रम छ । त्यहाँ रहेका प्रवासी नेपालीले आयोजना गर्ने कन्र्सट तथा विभिन्न सांस्कृतिक कार्यक्रममा सरिक हुनेछु । दर्शक÷स्रोतामाझ  धुमधाम रमाइलो गरेर बिताउने योजना छ । दशैँमा घरपरिवार, साथीभाइ र इष्टमित्रसँग टाढा हुँदा निकै न्यास्रो लाग्ने रैछ ।


दीपा लामा
यसपालिको दशैँमा विदेशको कार्यक्रममा व्यस्त बन्ने सम्भावना छ । हङकङ र सिंगापुरमा कार्यक्रम हुने कुरा भइरहेको छ । स्रोतासँग रमाइलो गरेर दशैँ मनाइन्छ ।  
चिरञ्जीवी भण्डारी
बुटवलमा केही सांस्कृतिक कार्यक्रममा सामेल भएर घर जानेछु । दशैँका लागि भनेर नै यसपालि आठ दिन छुट्टाएको छु । परिवारबाट समय दिएन भनेर धेरै गुनासा आए । यसपालि परिवार र साथीभाइसँग रमाइलो गरेर मनाउने हो ।
पूर्णकला बीसी
अरू बेला कलाकारलाई फुर्सद नै हुँदैन् ।दशैँको बहानामा घर–माइती जाने मौका मिल्छ । त्यसलाई भरपूर उपयोग गर्ने योजना छ । दशैँको अवसरमा १३ वटा दशैँसम्बन्धी गीत बजारमा ल्याएको छु । बागलुङ र सल्यानका दुईवटा कार्यक्रम सकेर मस्तसँग दशैँ मनाउने हो ।
राजनराज शिवाकोटी
फूलपातीको दिन घर दोलखा जाने कार्यक्रम छ । दुई वर्ष व्यस्तताले घर जानै पाइएन । यसपालि त जसरी भए पनि घर गएर दशैँ मनाउने मन बनाइसकेको छु ।
बादल लिम्बू
कलाकारको दशैँ सधैँ दर्शक÷स्रोतासँगै बित्दो रैछ । यसपालि पनि पाँचथर, इलाम र झापामा कन्सर्ट छ । घर पनि झापामै भएकाले टीकाको दिन चाहिँ परिवारसँग हुुन्छु ।
अनिता चलाउने
आफ्नो घरपरिवारलाई पनि समय दिनुप¥यो भनेर टाढाको कार्यक्रम क्यान्सिल गरेँ । घरनजिकै नेपालगञ्ज र बर्दियामा कार्यक्रम तय भएका छन् । त्यहाँ दर्शकसँग मनाइन्छ । बालाई मैले पकाएको खसीको मासु साह्रै मन पर्ने भएकाले पकाएर खुवाइन्छ ।    

सरु गौतम
फूलपातीको दिनदेखि अष्टमीसम्म कार्यक्रममा व्यस्त हुन्छु । मलाई मासु त्यति मन पर्दैन । तर, मैले पकाएको घरमा साह्रै मन पराउँछन् । सबैलाई पकाएर खुवाउँछु ।
टंक बुढाथोकी
परिवारसँग दशैँ मनाउँछु । दशैँको मौकामा आफू पढेको विद्यालयमा शैक्षिक सामग्री प्रदान गर्ने योजना छ ।

रेवत राई
झापामा तीनटा कार्यक्रम तय भएका छन् । यसपालिको दशैँमा घर जान नपाइने भइयो । यतै दर्शकलाई रमाइलो गराएर बित्ने भो मेरो दशैँ ।

प्रस्तुतिः हिमाल

 

 

Leave A Comment