डेंगूबाट मुक्त विद्या

बिहिबार, २० असोज २०७३, ०१ : ३८ शुक्रवार , Kathmandu
डेंगूबाट मुक्त विद्या

भारतमा एकाएक फैलिरहेको लामखुट्टेको टोकाइबाट सर्ने रोग लागेर बलिउड अभिनेत्री विद्या बालन पनि थला परेकी थिइन् । उपचार र निरन्तर आरामपछि उनी रोगमुक्त भएकी छिन् । पूर्ण स्वस्थ भएर विद्या फिल्मका काममा सरिक हुन थालिसकेकी छिन् ।
गत महिना उनलाई डेंगू लागेको थियो । त्यसयता उनी सार्वजनिक कार्यक्रम र फिल्मको छायांकनमा कतै देखापरेकी थिइनन् । तर, गत साता उनी पति सिद्धार्थ राय कपुरसँग भर्खरै रिलिज भएको फिल्म ‘पिंक’ हेर्न सिनेमा हलसम्म पुगिन् । ‘पिंक’मा अमिताभ बच्चनको मुख्य अभिनय छ । सिनेमा हलमा कसैले नचिनून् भनेर विद्याले अनुहार ढाकेकी थिइन् । तर, फिल्म सिध्याएर निस्किने क्रममा भने उनलाई दर्शकले चिनेका थिए र अटोग्राफ मागेका थिए ।

 

Leave A Comment