शुक्रवारकर्मी दाहाल सम्मानित

बिहिबार, २० असोज २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
शुक्रवारकर्मी दाहाल सम्मानित

लामो समयदेखि सुस्ताएको धरानको रंगकर्मलाई सक्रिय गराउन कलम चलाएको भन्दै शुक्रवारकर्मी गोपाल दाहाललाई थिएटर सहाराले सम्मान गरेको छ ।

धरान सभागृहमा आयोजित नाटक ‘पुच्छर मान्छे’को प्रदर्शनको अवसरमा सहाराले दाहाललाई खादा र सम्मानपत्र प्रदान गरेको हो । सहाराका संरक्षक तथा नाटक निर्देशक नवीन मेन्याङ्वोले दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए ।

डेढ दशकदेखि पत्रकारिता गर्दै आएका दाहालले धरानको सुस्ताएको रंगमञ्चलाई जगाउन निरन्तर कलम चलाएकाले सम्मान गरिएको निर्देशक मेन्याङ्वोले बताए । उनले धरानको रंगकर्मबारे निरन्तर कलम चलाउँदै आएका छन् ।

 

Leave A Comment