पामेलाको लेखन धोको

बुधबार, १९ असोज २०७३, १० : ४८ शुक्रवार , Kathmandu
पामेलाको लेखन धोको

केही साताअघि एउटा लेख लेखेर हलिउड अभिनेत्री पामेला एन्डरसनले पोर्न फिल्म हेर्ने लतले मानिसलाई बिगार्ने बताएकी छिन् । लेख प्रकाशित भएपछि लेखिकाका रूपमा पामेलालाई विभिन्न सञ्चारमाध्यमले चित्रण गरेका थिए । यसबाट फुर्किएर उनले आफू कथालेखनप्रति आकर्षित भएको बताएकी छिन् ।
‘यौन विषयमाथि आधारित कथा लेखेर लेखन क्षेत्रमा सक्रिय हुने मेरो धोको छ । यस्ता खालका कथा मैले पहिलेदेखि नै लेख्न चाहेकी थिएँ । धेरैजनाले मलाई हौसला पनि दिनुभएको छ,’ पामेलाले भनिन् ।

Leave A Comment