बद्री विजयी

सोमबार, १७ असोज २०७३, ०९ : १७ शुक्रवार , Kathmandu
बद्री विजयी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिवेशनबाट गायक बद्री पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रतिष्ठानका अध्यक्ष पदका लागि प्रतिस्पर्धी विष्णु खत्री र टीकाराम चपाईं पछि पार्दै पंगेनी ठूलो मतान्तरले जिते ।
वरिष्ठ उपाध्यक्षमा रमेश विजी जितेका छन् भने प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भए । द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा वसुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल, सचिवमा शंकर बिसी,  खुमन अधिकारी र कृष्ण रेउ विजयी भएका छन् । कोषाध्यक्षमा दीपक खड्का निर्विरोध भए भने सहकोषाध्यक्षमा टीका पुन विजयी भइन् ।
खुला सदस्य पदमा शिव हमाल, पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, राजन ठकुरी, वसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जिसी, रमेशराज भट्टराई, ईश्वरीप्रसाद भुसाल, राजन गुरुङ र विनोद बाजुराली निर्वाचित भए ।
महिलातर्फ देवी घर्ती, मुना थापामगर, पूर्णकला बिसी, जमुना राना र जानकी तारमीमगर विजयी भएका छन् । यसअघि महिला उपाध्यक्षमा रिता थापामगर  र महिला सचिवमा राधिका हमाल निर्विरोध भएका थिए । प्रदेश नं. २ संयोजकमा कृष्णप्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का र प्रदेश नं ७ संयोजकमा सुरत रावत चुनिएका छन् ।

 

Leave A Comment