एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गरेर महिला यात्रुको कपालमा छर्किएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो। २०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सिटमा भएको थियो, यो घिनलाग्दो घटना।
पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् । नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् ।
शालिकराम पुडासैनी आत्महत्या घटनामा जोडिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेलाई तीन सर्त सहित जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दियो ।
सिधा कुरा जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको थुनछेक बहसकोक्रममा जिल्ला अदालत चितवनले उनीसँग ५ लाख धरौटी मागेको हो ।
कसलाई अभियोग लगाउने, कसलाई नलगाउने सो अधिकार जिल्ला न्यायाधिवक्ताको कार्यालयसँग हुन्छ । रविसहित तीन जनाको नाम यो मुद्दामा अभियुक्तको रुपमा अभियोग पत्र दर्ता भएकाले प्रहरी अनुसन्धानमा खुलेका तथ्यका आधारमा रविसहित तीनै जनालाई अभियुक्त बनाइएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले तीनै जना संलग्न देखिएको स्वीकार गरेको देखियो ।
‘हाम्रो आफ्नो इच्छाले केन्या गएका हौं, तिमीहरुलाई के मतलब ? हाम्रो यौन शोषण भयो भन्ने के प्रमाण छ ?’ केन्याको बारमा अवैध रुपमा पु-याएर मानव तस्करीमा परेको भन्दै अन्तर्राष्ट्रिय संस्थाले उद्धार गरी नेपाल फर्काएका १२ जना युवती मानव तस्करी नियन्त्रण ब्युरोको कार्यालय बबरमहलमा थिए।
काठमाडौंमा हुने सामान्य आपराधिक घटनाको प्रभाव ठूलो हुने भएकाले त्यसको नकारात्मक प्रभाव यहाँ आउने प्रहरी प्रमुखको कार्यकालसँग जोडिन्छ नै । यसअघिका केही घटनाले देखाइसकेको छ, कुनै पनि आपराधिक घटनाको कारण तत्काल सरुवा निस्कनु अनौठो हैन । तर याे सरुवामा त्यस्ताे कारण देखिएकाे छैन ।
गाँजा र म्युजिकको तालमा मस्ती गर्न रुचाउने पर्यटकलाई नेपाल भिœयाएर मस्ती गराउन ललितपुरमा एक्स्ट्रीम अन्डरग्राउण्ड मेटल सोसाइटी अफ नेपाल प्रालिले म्युजिक पार्टीको आयोजना ग¥यो । कार्यक्रमको नाम जुराइयो थ्रासमाण्डु–२ ।
पहिला निक्कै फुर्तीफार्ती गरेका गृहमन्त्री थापा पछिल्लाे समय लोलाएसँगै सबै अजेन्डा लोलायो । न सिण्डिकेट कार्यान्वयनमा आउन सक्यो, न त कामचोर ठेकेदारले काम सके । गैर सरकारी संस्थाका अधिकारीको सम्पत्ति माथिको छानविन त्यत्तिकै बिलायो ।
बुबाले दिएको एक सयका पाँच वटा नोट बोकेर २०३५ सालतिर काठमाडौं छिरेका गोपाल शिवाकोटी ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर जेलको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर पक्कै सोचेका थिएनन् । तर मानव अधिकारको संरक्षकको रुपमा देश–विदेशमा समेत कहलिएका उनी ३ करोड ३५ लाख ठगी अभियोगमा अहिले जेल पुग्नु परेको छ ।
प्रहरीभित्रको सरुवा र बढुवाले गति लिए पनि क्षमता र योग्यताको आधारभन्दा पनि पावरको आधारमा निर्णय हुँदा एसपीतहका अधिकारीले राजीनामै दिएर हिँड्नुपर्यो । यसले सुरक्षा संगठनमा जारी अति राजनीतिकरण सुस्ताउनुको साटो थप मौलाएको देखिन्छ ।
प्रेम जति मिठो हुन्छ नि, त्यसमा बदला, ईश्र्या, शंका र धोका मिसियो भने त्यत्ति नै तितो । प्रेममा यी खराब तत्व मिसिँदा गम्भीर आपराधिक घटना हुने गरेका छन् । यो वर्ष पनि प्रेम सम्बन्धमा यौन आवेग, शंका, आक्रोश मिसिँदा केही गम्भीर घटना घटेका थिए । एक वर्षको अवधिमा प्रेमले निम्त्याएका घटनामध्येका गम्भीर ५ घटना :
नेपाल–भारत सीमा जोड्ने प्रमुख नाका वीरगन्जको लागुऔषधको मुद्दामा कारागारमा रहेकामध्ये ८१ प्रतिशत युवा छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि राखिएका कैदीबन्दीमध्ये ४० प्रतिशतभन्दा बढी लागू औषधका छन् ।
सार्वजनिक यातायातमा यौन हिंसा भएको घटनाको भिडियो क्लिप सञ्जालमा सार्वजनिक भएको यो पहिलो घटना भने हैन । दुई महिनाअगाडि बसमा यात्रुको भिडभाडकै बीच यस्तै प्रकृतिको अश्लील व्यवहार गरिएको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सो भिडियो फैलिए पनि सशक्त आवाज नउठ्दा केस प्रहरीसम्म पुगेन ।
पटकामाथिको प्रतिबन्धको कारण जायज देखिए पनि भुईचम्पा, झिझिरे, आतिसबाजीलगायतका सामग्रीमाथिको प्रतिबन्धको कारण देखिन्न । तिहारमा यस्ता सामग्रीमाथि प्रहरी कठोर देखिए पनि सेना, प्रहरीले नै आफ्ना उत्सवहरुमा भने आतिसबाजी गर्ने गरेका छन् ।