विश्वभरिका क्रिकेट खेलाडीको सपना हुन्छ, इंग्ल्यान्डको लडर््स मैदानमा खेल्ने । क्रिकेटको मक्का भनिने लड्र्समा खेल्ने सपना जसको पूरा हुन्छ, उनीहरू आफूलाई भाग्यमानी ठान्छन् ।
राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्।
एक महिनासम्म चलेको युरो कप प्रतियोगिता पोर्चुगलले उपाधि जितेसँगै सकिएको छ । पहिलो पल्ट २४ देश सहभागी रहेको प्रतियोगितामा ५१ खेल भए । यी खेलमा जम्मा १ सय ८ गोल भयो । यो युरो कपको उपाधि पोर्चुगलले जिते पनि अरू केही टिम सफल ठानिएका छन् भने केही टिम असफल ।
स्विडेनका स्ट्राइकर जाल्टन इब्राहिमोभिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । म्यान–यूका नवनियुक्त प्रशिक्षक होसे मोरिन्होले क्लबमा आबद्ध भएका जाल्टनलाई विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक भनेका छन् ।
पोर्चुगलको राष्ट्रिय फुटबल टिमका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी रोएको आफूले देख्न नसक्ने बताएका छन् । रोनाल्डोले मेसीलाई पीडामा देख्दा आफूलाई दुःख लागेको भन्दै राष्ट्रिय टिममा फर्कन आग्रह गरेका छन् । उनले भने, ‘लामो समयसम्म मेसी आँशुको बाढीमा रहेको देख्दा मलाई राम्रो लाग्दैन ।’ मेसीले कोपा अमेरिकाअन्तर्गत चिलीसँगको फाइनलमा पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । चिलीसँगको हारपछि उनले अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।
गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन्, एन्टोनी ग्रिज्मन । उनले अहिलेसम्म सबैभन्दा धेरै चार गोल गरिसकेका छन् । समूह चरणमा एक मात्र गोल गरेका ग्रिज्मनले नकआउट चरणको दुवै खेलमा गोल गरे । प्रिक्वार्टरफाइनलमा आयरल्यान्डलाई २–१ ले हराउँदा दुवै गोल गरेका उनले क्वार्टरफाइनलमा ...
फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।
फ्रान्समा जारी युरोकप फुटबलमा पहिलो सहभागितामा नै सेमिफाइनल पुगेको वेल्सका खेलाडी जाय लेड्लीको विवाह रोकिएको छ । सबैलाई आश्चर्यचकित पार्दै आफ्नो टिम सेमिफाइनलमा पुगेपछि उनले पूर्वनिर्धारित विवाह रद्द गरे र बुधबार राति पोर्चुगलविरुद्ध खेले । इंग्लिस क्लब क्रिस्टल प्यालेसबाट खेल्ने २९ वर्षे खेलाडी लेड्लीको जुलाई ९ मा रुवी मे रिजवेसँग विवाह हुने तय थियो । तर, वेल्स उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म ...
पहिलो सहभागितामै युरोकप फुटबलको क्वार्टरफाइनलसम्म पुगेको आइसल्यान्डको टिमको भव्य स्वागत भएको छ । क्वार्टरफाइनलमा फ्रान्ससँग ५–२ ले पराजित भएर फर्किएको टिमलाई आइसल्यान्डका नागरिकले भव्य स्वागत गरेका हुन् । टिमको स्वागतका लागि रिक्जाविकमा दशौँ हजार मानिस जम्मा भएका थिए ।
विश्वभर रहेका लाखौँ समर्थकलाई निराश पार्दै लियोनल मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरे । कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रेकरमा ४–२ ले स्तब्ध भएपछि मेसीले एक्कासि राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय गरेका थिए ।
मेसीको निर्णयले विश्वका लाखौँ समर्थक निराश बने । निराश बनेका ती लाखौँ समर्थकमध्ये एक हुन्, नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङ । मेसीलाई भाग्यले साथ नदिएको अनिलको भनाइ छ । ‘सबै उपलब्धी हात पारे पनि मेसीले राष्ट्रको लागि उपाधि जित्न सकेका छैनन् । मेसी संसारले पछ्याइरहेको खेलाडी हुन् । हरेक खेलमा उनले जादु देखाउन सक्छन्,’ अनिलले भने, ‘तर, उनलाई विश्वको नम्बर एक फुटबलर भए पनि केही दबाब चाहिँ थियो । त्यसले उनलाई सन्न्यास लिने निर्णयसम्म पु¥याएको हुन सक्छ ।’
फुटबल स्टार लियोनेल मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइसल्यान्डको टिमले साँघुरो मानसिकता प्रदर्शन गरेको आरोप लगाएका छन् । युरोकपको पहिलो खेलमा पोर्चुगल आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । खेल सकिएपछि आइसल्यान्डका खेलाडीले गरेको सेलब्रेसन युरो कपको उपाधि नै जिते जस्तो रहेको र यो अविश्वसनीय भएको भन्दै रोनाल्डोले यसले उनीहरूको साँघुरो मानसिकता प्रदर्शन गरेको दाबी गरे ।
युरोकप सुरु हुनुअघि नै यौन विवादमा मुछिएका स्पेनिस गोलरक्षक डेबिड डी जियालाई प्रेमिका एडुर्ने गार्सियाले साथ दिएकी छिन् । डेबिडले प्रेमिकाको मात्र नभई आफ्ना प्रशिक्षकको पनि साथ पाएका छन् । प्रशिक्षकको साथ पाएकै कारण उनले चेक गणतन्त्रसँगको खेलमा पोस्ट सम्हाल्ने मौका पाएका थिए । यौन विवाद सुरु भएपछि डेबिडलाई खेलाउने÷नखेलाउने बारेमा निर्णय गर्न स्पेनिस प्रशिक्षक भिनसेन्ट डेल बस्कले ढिलाइ गरेका थिए । तर, अन्ततः डेबिडमाथिको यौन विवाद झुटो रहेको भन्दै उनले भिनसेन्टले डेबिडलाई पोस्ट सम्हाल्ने मौका दिए ।
हंगेरीका गोलरक्षक गाबोर किरलीले सबैभन्दा पाको उमेरमा युरो कप खेल्ने कीर्तिमान बनाएका छन् । फ्रान्समा जारी युरोअन्तर्गत मंगलवार अस्ट्रियाविरुद्धको खेलमा मैदान उत्रेसँगै किरलीले १६ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।
यसअघि सबैभन्दा पाको उमेरमा युरोकप खेल्ने कीर्तिमान जर्मनीका लोथर म्याथ्युजको नाममा थियो । म्याथ्युजले सन् २००० मा ३९ वर्ष ९१ दिनको उमेर हुँदा पोर्चुगलविरुद्ध खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई मंगलवार नगद पुरस्कारसहित सम्मान गरेको छ ।सोही अवसरमा १२ औँ साग खेलकुदमा रजत पदक जित्ने राष्ट्रिय महिला टोलीलाई पनि नगदबाट सम्मानित गरिएको छ । हल्चोकस्थित सशस्त्र ...
म्यानचेस्टर सिटी अर्को सिजनका लागि च्याम्पियन्स लिगमा छनोट नभएमा खेलाडीलाई दोष लगाउन क्लबका डिफेन्डर बाकरी सागनाले आग्रह गरेका छन् । आफूहरूले प्रयास गरिरहेको र सिटी अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने र यदि छनौट नभए खेलाडीलाई दोष लगाए हुने उनले बताए ।