लियोनल मेसी विश्व फुटबलको लागि चर्चित नाम हो । विश्वभर मेसीका समर्थक करोडौं छन् । अर्जेन्टिनाका स्टार खेलाडी मेसी आफ्नो खेल्ने जादुमय शैलीले विश्वभरका समर्थकको ढुकढुकी बन्ने गरेका छन् ।
पहिलो पल्ट हल्चोक मैदानमा खेलेको नेपाली राष्ट्रिय टोलीले यमनसँगको पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै एएफसी एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको नेपालले १ अंक जोड्दै खाता खोलेको छ ।
प्रशिक्षक जिनेदिन जिदान मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिनामै च्याम्पियन्स लिग उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । रियाल मड्रिडले युभेन्ट्सलाई ४–१ ले हराउँदैं च्याम्पियन्स लिग उपाधि रक्षा गरेपछि उनले सो सौभाग्य पाएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा भारतसँग २–० ले पराजित भएको छ । मुम्बइमा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि नेपालले दोस्रो हाफमा गतिलो प्रदर्शन गर्न सकेन ।
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै भलिबलकर्मी उत्साहित भएका छन् । राष्ट्रिय खेलको मान्यता पाउनु भलिबलप्रेमीका लागि सुखद कुरा हो । यो खबरले भलिबल क्षेत्रमा थुप्रै सम्भावना र योजनाको सुरुआत हुने आसा भलिबलकर्मीले लिएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले नयाँ शैलीमा एन्फा महिला लिग च्याम्पियनसिप गर्ने भएको छ । विभागीय र क्षेत्रीय टोलीको स्तरलाई बढाउन केन्द्रित गरिएको भन्दै एन्फाले लिग च्याम्पियनसिपमा विभागीय टोलीलाई सहभागी नगराउने भएको छ ।
स्पेनिस क्लब रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगाको आफ्नो दोस्रो अन्तिम खेलमा सेल्टा डी भिगोसँगको खेलमा दुई गोल गर्दै रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।
रियल मड्रिडले पाँच वर्षपछि ला लिगा उपाधि जितेको छ । लिगको अन्तिम चरणको निर्णायक खेलमा मालागालाई २–० ले हराउँदै रियल मड्रिडले यो सिजनको स्पेनिस ला लिगा जितेको हो । उसले सन् २०१२ पछि ला लिगा उपाधि जित्न सकेको थिए ।
लगातार पाँचौँ पल्ट बुन्डेस लिगाको उपाधि जितेको जर्मन क्लव बायर्न म्युनिखका खेलाडीले रंगशालामा नै बियर छ्यापेर खुशी मनाएका छन् । खुसी मनाउने क्रममा खेलाडीले एकअर्कालाई बियरले नुहाइदिएका थिए ।
म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविच बेलायतका धनी खेलाडीको सूचीमा प्रवेश गरेका छन् । जारी सिजनमा प्रिमियर लिग क्लबमा आएका स्विडेनका इब्राहिमोविच बेलायतमा खेल्ने खेलाडीमध्ये धनीको सूचीमा दोस्रो स्थानमा छन् ।
ब्राजिलियन फुटबल स्टार नेमारका एक जना साथी उनकै बहिनीसँगको प्रेममा परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका खेलाडी गाब्रिएल बार्बोसा र नेमारकी बहिनी राफाएलाबिच प्रेम सम्बन्ध रहेको खुलेको हो ।
विश्व फुटबलका स्टार खेलाडी लियोनल मेस्सीजस्तै देखिने व्यक्ति इरानमा भेटिएका छन् । इरानका रिजा पारास्टेस मेस्सीजस्तै देखिन्छन् । उनका फुटबल आइडल मेस्सी नै हुन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बार्सिलोनाका स्टार खेलाडी नेमारलाई क्लब भित्र्रयाउन १ सय ७० मिलियन पाउन्ड स्टर्लिङ अर्थात् २२ अर्ब २७ करोड रुपैयाँ खर्च गर्न तयार रहेको बेलायती पत्रिका ‘द सन’ले जनाएको छ ।
रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा फेरि ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगअन्तर्गत मंगलवार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भयो ।
जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । लिगमा तीन खेल बाँकी रहँदै बायर्न म्युनिखले उपाधि पक्का गरेको हो । गत शनिवार राति भएको खेलमा वुल्फबर्गलाई ६–० ले हराएपछि उसको उपाधि पक्का भएको हो ।
क्रिकेटको शहर, धनगढी । यही अभियानमा जुटेका छन् सुवास शाहीलगायत टिम । सोही टिम सम्मिलित धनगढी क्रिकेट एकेडेमीले केही दिनअघि मात्र सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) सफलतापूर्वक सम्पन्न गरेको छ ।