धरासायी संस्थान, कहालिलाग्दो वित्तीय अवस्था

शुक्रबार संवाददाता ,शुक्रबार, १९ माघ २०७४

अत्यावश्यक वस्तु तथा सेवा दिन स्थापना भएका सार्वजनिक संस्थान एकपछि अर्को गर्दै डुब्दै गएका छन् । उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको नेसनल ट्रेडिङ लिमिटेड घाटा थेग्न नसकेपछि सरकारले खारेज नै गरेको छ ।