सबैलाई थाहा होला– गायक राजेशपायल राई अझै अविवाहित छन् । उनले ‘मित’ मानेका राजेश हमालले बिहे गरिसके, अब उनलाई बिहे कहिले गर्ने भन्ने प्रश्नले छाडेको छैन ।
इरानी चलचित्र हेर्नमा जति सुन्दर छन्, चलचित्रकर्मीका लागि त्यहाँको परिवेश त्यति नै कुरूप छ । असाध्यै ठूलठूला चुनौतीका बीच चलचित्रकर्मी काम गरिरहेका छन् ।
हेमा मालिनी र धर्मेन्द्रको भेट पहिलो पटक ख्वाजा अहमद अब्बासको फिल्म ‘आसमान महलको प्रिमियरका क्रममा सन् १९६५ मा भएको थियो । त्यतिबेलासम्म धर्मेन्द्र फिल्म इन्डस्ट्रीमा सुपरस्टारका रूपमा स्थापित भइसकेका थिए ।
फिल्म चपली हाइटमा ‘बोल्ड’ सिन दिएर चर्चामा आएकी अभिनेत्री विनिता बरालका त्यसपछिका कुनै पनि फिल्म चलेनन् । जब उनले अभिनय गरेका फिल्म फ्लप हुन थाले त्यसपछि उनी चर्चामा रहिरहन विभिन्न फन्डा गर्न थालिन् । अग्र्यानिक खेती गर्ने भन्दै टोखामा तरकारी खेती गरेको हल्लीखल्ली गरिन् ।
चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट तीन दशकअघि अभिनयमा प्रवेश गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । ‘ट्रक ड्राइभर’, ‘ढुकढुकी’, ‘बाबुसाहेब’ उनका रुचाइएका फिल्म हुन् । उनी अभिनीत फिल्म ‘हिरोज’ प्रदर्शनको तयारीमा छ । भर्खरै उनले राजनीतिमा प्रवेश गरेकी छिन् । उनीबारे नेपाली फिल्म जगतमा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएकी छिन् ।
कोमल वलीले ‘पोइ चाहियो’ भन्दै गीत गाउन थालेको १० वर्ष भइसक्यो । ‘पोइल जान पाम’ भन्दै तीज गीत गाउन थालेकी कोमलले तीजमा शिवजीलाई समेत आग्रह गरिन् । तर, अझैसम्म उनी अविवाहित नै छिन् । यही कारण हुन सक्छ, उनले यही सन्दर्भमा पटकपटक गीत गाइरहेकी छिन् ।
एकताका फिल्मवृत्तमा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री ऋचा शर्माको प्रेमको चर्चा निकै थियो । रिलमा मात्रै नभएर रियलमा पनि रोमान्स गर्दै आएको कुरा उनले स्वीकारेका थिए । तर, उनीहरूको प्रेम लामो समयसम्म टिक्न सकेन । ऋचालाई छोडेका अभिनेता विनयले हालै लगनगाँठो कसेका छन् ।
बलिउडमा स्टन्टम्यानबारे धेरै सुनिन्छ । तर, बलिउडमा स्टन्टम्यान मात्रै छैनन्, स्टन्टवुमन पनि छन् । तीमध्ये एक हुन् गीता टन्डन । जसले दीपिका पादुकोण, प्रियंका चोपडा, करिना कपुर, आलिया भट्टलगायत अभिनेत्रीका लागि स्टन्ट गरेकी छिन् । गीताको बिहे १५ वर्षको उमेरमा भएको थियो । उनी बलात्कारपीडित पनि हुन् । हालै उनीबारे बनेको सर्ट फिल्म रिलिज भयो । त्यसमा उनले आफ्नो संघर्षको कथा भनेकी छिन्ः
आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा फिल्म निर्देशक/समीक्षक नवीन सुब्बा ले राखेका विचारः
अघिल्लो साता राजधानीमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा अवार्ड हात पारेपछि अभिनेता/अभिनेत्री प्रफुल्ल थिए । नम्रता श्रेष्ठ (उत्कृष्ट अभिनेत्री), दयाहाङ राई (उत्कृष्ट अभिनेता), दीपेन्द्र के. खनाल (उत्कृष्ट निर्देशक)
, उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’की निर्मात्री रोजी सिटौला ।
‘राता मकै’का रूपमा परिचित हास्य कलाकार किरण केसीको असार १५ गते जन्मदिन परेको थियो । आफ्नो जन्मदिनको अवसर पारेर उनले काठमाडौँ, बानेश्वरस्थित एक होटलमा केही कलाकार र सञ्चाकर्मीलाई निम्तो गरेर कार्यक्रम गरेका थिएँ । त्यहाँ थुप्रै कलाकारले उनलाई खालखालका उपहार दिएँ ।
आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा साहित्यकार एवम् चिन्तक आहुतिले राखेको विचारः
सबैलाई थाहा छ, अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा अलग्गिएको चार वर्ष भइसक्यो । तर, उनीहरूले औपचारिक रूपमा डिभोर्स भने भर्खरै गरेको समाचार प्राप्त भएको छ । आइतवार काठमाडौँ जिल्ला अदालतमा सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर उनीहरू औपचारिक रूपमा छुट्टिएको खबर प्राप्त भएको हो ।