स्थानीय तहको चुनावमा आफ्ना अजेन्डा मतदातामाझ पुर्याउन र उम्मेदवारका पक्षमा प्रचार–प्रसार गर्न नेकपा(एमाले)ले बनाएको चुनावी गीतका केही हरफ हुन् यी ।
पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते निर्वाचन हुँदैछ ।
गायक भानुभक्त ढकाल र गायिका मेलिना राईको स्वर रहेको ‘एकलाई शून्य दश’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई लेख कार्कीले लेखेका हुन् । भानुभक्त स्वयंले संगीत भरेका छन् ।
हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। 'तिम्रो मेरो मिलनको आयो हेर होली रे' बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।