बढ्दो बालबलिका तथा चेलिबेटी बेचबिखन न्यूनीकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । बर्सेनि ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ ।
ट्विटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । यसअघि जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्न निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो ।
एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले ‘पिन्च टु जुम’नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्क्रिनभर भिडियो देखिन्छ । अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ ।
सरकारले कात्तिक २९ गतेदेखि धमाधम एनालग केबल टिभी सिग्नल बन्द गराइरहेको छ । पहिलो चरणमा विभिन्न महानगरपालिका क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यका साथ सरकारले एनालग केबल टिभी सिग्नल बन्द गराएको हो । यस्तो अनुगमनको कार्य निरन्तर जारी राख्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।
तपाइँको मोबाइलमा घण्टी बज्छ । अल्छी मान्दै फोन उठाउनुहुन्छ । ह्वाट्सएपमा साथीको मेसेज रहेछ, ‘मित्र, कहाँ पुगियो ?’ । तपाइँ जवाफ दिनुहुन्छः बाटोमै छु, २० मिनेटमा पुग्छु । त्यसपछि तपाइँले फोन सिरानीमै थन्काएर, पुनः गुटुमुटु परेर सुत्नुहुन्छ । तपाइँको पनि केही यस्तै बानी छ भने सतर्क हुनुहोस् ।
ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ ।
तपाईँको मोबाइलमा डाटा स्पिडको समस्या छ र यो समस्यालाई कसरी समाधान गर्ने चाहनुहुन्छ भने केही तरिका अपनाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा एउटा यस्तो एप छ, जसको माध्यमबाट इन्टरनेटको स्पिड १० गुणा ज्यादा बढ्ने छ । यस एपको नाम पफिन वेब ब्राउजर हो ।
एप्पलले हालै सार्वजनिक गरी नोभेम्बरमा बजारमा ल्याउने तयारी गरिरहेको आइफोन एक्समा रहने एउटा महत्वपूर्ण फिचर विरुद्धमा ट्रेडमार्क चोरीको मुद्दा परेको छ । एक जापानी सफ्टवेयर कम्पनीले आइफोन एक्समा एप्पलले राख्ने भनेकोबल बलष्ःयवष् नामक फिचरको ट्रेडमार्क आफ्नो रहेको भन्दै एप्पलले उक्त नामको ट्रेडमार्क चोरी गर्न लागेको भन्दै अमेरिकी अदालतमा मुद्धा दायर गरेको छ ।
बिबिसी फ्युचरमा ब्रायन लुफ्किनको आलेख जल नै जीवन हो भन्ने आहान पुरानो भइसक्यो ।
कतिपयले भन्थे, अब तेस्रो विश्वयुद्ध भयो भने पानीका लागि हुनेछ । यो कुरा पनि सुन्दासुन्दा दसकौँ बितिसक्यो ।संसारको जनसंख्या करिब साढे सात अर्ब छ र यो तीव्र गतिमा बढिरहेको छ ।
कम्प्युटरमा भाइरस केका लागि पठाइन्छ ? सिधासिधा भन्ने हो भने पैसाका लागि तर हालै बजारमा देखिएको एनरेन्समवेयर भाइरसको काम चाहिँ नाङ्गा फोटो माग गर्नु रहेको छ । यसअघि चर्चामा आएका रेन्समवेयरले संसारभरिका कम्प्युटर लक गरिदिएको थियो, अहिले चर्चामा आएको एनरेन्समवेयरले भने नाङ्गा तस्बिर मागेर हैरान पारेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटको स्पिड जाँच गर्ने एजेन्सी ओक्लाका अनुसार विश्वमा सबैभन्दा उच्च गतिको मोबाइल इन्टरनेट सेवा भएको मुलुक नर्वे हो । पछिल्लो १३ महिनामा नर्वेले मोबाइल इन्टरनेटको क्षेत्रमा अद्वितीय फड्को मार्दै शीर्षस्थानमा पुगेको हो ।
गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् ।
अघिल्लो साता फेसबुकमा एउटा एप भाइरल बन्यो । टेस्टोनी नामक एपले नेपालका फेसबुक प्रयोगकर्ताको ध्यान तानिरह्यो । थर्ड पार्टी यो एपले विभिन्न भविष्यवाणी गरेर नेपालीहरुलाई रमाइलो गराइरह्यो । रमाइलो गर्न पाएपछि नेपालीहरुलाई के चाहियो ?
गुगल प्ले स्टोरमा भाइरसले आक्रमण गरेको छ । लिपिजान नामको भाइरसले आक्रमण गरेको हो । यस भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेज र कन्ट्याक्टको जानकारी लिने बताइएको छ । यति मात्र नभएर यसले कल, स्क्रिन सट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा छ ।
मोबाइल फोन उत्पादक कम्पनी नोकिया विभिन्न मोडलका स्मार्टफोन लिएर नेपाली बजार प्रवेश गरेको छ । नेपालमा बिक्री तथा वितरणका लागि नोकियाले प्यारामाउन्ट इलेक्ट्रोनिक्सलाई छनोट गरेको छ ।
एक अध्ययनका अनुसार विश्वका करिब चार करोड स्मार्टफोन एउटा नयाँ भाइरस ‘जुडी’ को चपेटामा पर्ने देखिएको छ । साइबर सुरक्षासम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो अध्ययनमा जनाएअनुसार ८५ लाखदेखि ३ करोड ६५ लाखसम्म एन्ड्रोइड स्मार्टफोन जुडी भाइरसको आक्रमणमा पर्ने खतरा छ ।
फेसबुकले स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासुसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन्, जसका आधारमा फेसबुकले स्मार्टफोन निर्माण गरिरहेको खुलासा भएको हो ।
फेसबुकमा निन्दा तथा घृणाजन्य सामग्री पोस्ट गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको अभियोग लागेका तैमुर राजा नामक व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो ।
फेसबुकको स्वामित्वमा रहेको फोटो सेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाईंले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन । आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो सेयर गर्नमा पनि थप सहज बनाउनेछ ।
सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट सर्च इन्जिन गुगलमाथि झण्डै सवा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ । आफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पु¥याएको आरोपमा गुगलमाथि इयुले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो ।
ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जिपिएसको काम भन्नु भूउपग्रहबाट पृथ्वीमा रहेका जुनसुकै ठाउँमा रहेका वस्तु वा स्थानको पहिचान गर्नु हो । यो अमेरिकी प्रणाली हो । यतिबेला युरोपले संयुक्त रुपमा यस्तै किसिमको नेभिगेसन प्रणाली ग्यालिलियो बनाएको छ ।