इन्स्टाग्राममा नयाँ फिचर

शुक्रबार संवाददाता ,सोमबार, १९ असार २०७४

फेसबुकको स्वामित्वमा रहेको फोटो सेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाईंले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन । आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो सेयर गर्नमा पनि थप सहज बनाउनेछ ।