एकताका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध निकै ‘हट’ अन्तरवार्ता दिएसँगै पोर्न स्टार स्टोर्मी ड्यानियल्स चर्चामा आइन् । १२ वर्षअघि ट्रम्पसँग भेट हुँदा वास्तविक नाम स्टेफनी क्लिफोर्ड रहेकी स्टोर्मीले ६० वर्षे ट्रम्प (अहिले उनी ७२ वर्षका भए)सँग १५ मिनेट छोटो यौन सम्बन्ध राखेको बताएर संसारलाई छक्क पारिदिएकी थिइन् ।
एमाले र माओवादी केन्द्रको मिलापले समाजमा सकारात्मक प्रभाव पार्याे । पहिले तँ त्यो पार्टीको, म यो पार्टीको भनेर झगडा गर्ने छिमेकी पार्टी एकीकरणका कुराले एक भए । यो हाम्रो समाजको सकारात्मक पक्ष हो ।
अर्थशास्त्रीहरू श्वेतपत्रको आवश्यकतामाथि प्रश्न उठाइरहेका छन् । प्रचुर बहुमत प्राप्त सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्र जारी गर्ने सन्देश दिएका खतिवडाले दुई महिनापछि घोषणा हुने बजेट र नीति तथा कार्यक्रमको संघारमा श्वेतपत्र जारी गर्नुको कारण स्पष्ट छैन ।
कहिले पनि जमानत जोगाउन नसकेको भारतका उत्तरपूर्वी क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गरेको भाजपाले क्षेत्रीय दलहरुसँग मिलेर यी स्थानमा आफ्नो वर्चस्व कायम राखेको छ तर उत्तरपूर्वी क्षेत्रमा थोरै सिट रहेकाले ती क्षेत्रमा भाजपाको जीतले अर्को चरणको सत्तायात्रालाई सहज बनाउन कठिन नै हुनेछ ।
नेताहरू चुनावी समीक्षाको नाममा आगामी अधिवेशनका निम्ति मसलाहरू सृजना गरिरहेका छन् । मुख्य कुरा घर बलियो र प्रभावकारी भयो भने मात्र बाहिरी दुनियासँग भिड्न प्रतिस्पर्धा गर्न सकिने हुन्छ । तसर्थ कांग्रेसका ‘जिम्मेवार नेता’ रामचन्द्र, सशांक, कृष्ण सिटौला, प्रकाशमानहरू जो अहिलेको पराजयको मूल्यमा नेता बन्न जग हाल्न खोजिरहेका छन् ।
कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ‘गुड बुक’मा रहने ओली र देउवा बीचको औपचारिक मात्रै हैन व्यक्तिगत सम्बन्धसमेत अहिले साह्रै तीतो छ । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच अहिले संवादसमेत बन्द छ ।
साइकोपाथ व्यक्तिले कुनै नराम्रो काम गरेकोमा तत्काल पक्राउ परे भने पनि आफूलाई न त नर्भस महसुस गर्छन् न त लज्जा महसुस नै गर्छन् । कोही मानिस पीडामा छन् भने उनीहरु दुःखी हुँदैनन् । उनीहरुलाई शारीरिक पीडा भने महसुस हुन्छ तर भावनात्मक पीडाले उनीहरूलाई छुँदैन ।
‘डन’हरू र कालोधन आर्जन गरेकाहरूको प्रभावकारी उपस्थिति पकड छ, राजनीतिक पार्टीहरूमा । नेपालको आधासरो अर्थतन्त्र कालो धनबाट चलिरहेको जानकारहरू बताउँछन् । पछिल्लो समय कालोधनलाई सेतो बनाउनुपर्छ भन्ने आवाज घनिभूत भएको देखिन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले चालेको कदमलाई शंकाको घेराबाट हेनुपर्ने हुन्छ ।
व्यक्ति चुनौतीबाट डराउँछ उसले प्रगति गर्न सक्दैन । डरछेरुवाहरु असम्भवको भाषामा मात्रै संवाद गर्छन् । त्यसैगरी विजेताहरु सम्भावनाका कुरा गर्छन् । बुद्धिजीवी, सल्लाहकार र आलोचनात्मक सुझाव दिनेहरुले चुनौती लिनु विरलै सुझाउँछन् ।
प्रतिनिधिसभा सदस्यका रुपमा सांसदहरु सपथ नै नलिई हतारहतार राष्ट्रपतिकै सक्रियतामा संसद्को पहिलो र तेस्रो दलको समर्थनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दासमेत कांग्रेस नेताहरु डिलमा बसेर रमिते बने । विगतका आफ्ना कमजोरीले वर्तमानमा अरुले गरेका गल्ती औँल्याउने साहससमेत देखिएन ।
हामी चाड, पर्व, उत्सव मनाउन माहिर छौं । हामी नयाँ वर्ष मनाउनुको साथै न्यू इयर, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार पनि उत्तिकै रमाइलोका साथ रमाउँछौं । छठमा नदी, पोखरी किनारामा हाम्रै भीडभाड हुन्छ । दसैं तिहारजस्ता पर्वमा उत्तिकै हौसिन्छौं ।
वि.सं. १७२७ मा राजा प्रताप मल्लले बनाएको रानीपोखरी काठमाडौँ सभ्यताको उम्दा नमुना हो । पोखरीको भव्यता अहिले नै यस्तो देखिन्छ, झन् त्यो बेला कस्तो होला ! त्यस बेला दुई वर्ष कडा मिहिनेत गरी बनाइएको यो पोखरीको नाउँ पहिला नु पुखु थियो ।
रानीपोखरी पुनर्निर्माणका क्रममा उछालिएको काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी बीचको राजनीतिक विवाद अहिले मत्थर छ । उनीहरू अहिले चर्चामा छैनन् र निर्माणको काम पनि रोकिएको छ ।
जहाँ फिल्मका लागि ‘जे पनि गर्न तयार छु’ भन्ने हुन्छन्, त्यहाँ उनीहरु शोषित हुने, प्रताडित र ब्लाकमेलिङमा पर्ने सम्भावना उत्तिकै हुन्छ । तसर्थ, शिक्षित समाज, अधिकारप्रति सचेत पुस्ता, महिला अनुकूलको उद्योग तथा शोषणमुक्त फिल्मउद्योगका लागि जिम्मेवार फिल्मकर्मी, फिल्म निर्माता तथा उद्योगका प्रतिष्ठित व्यक्तिहरुले प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नेपालको लामो राजनीतिक संक्रमण अन्त्य हुन्छ र मुलुकमा विधिको शासन स्थापित हुन्छ भन्ने आम विश्वास छ । विधिको शासन भन्नाले संविधान, कानुनअनुसार मुलुक सञ्चालन हुनु हो । राजनीतिशास्त्री विधिको शासन व्यवस्थालाई संविधानवाद पनि भन्ने गर्छन् ।
कुन आधारले म नेता बनेँ ? विनाकारण त्यसै अर्कालाई नेता भन्न पाइन्छ ? पण्डित हुनलाई पण्डित्याइँ चाहिन्छ । नेता हुनलाई धुत्र्याइँ, फुत्र्याइँ के के चाहिन्छ मलाई थाहा छैन, तर म नेता होइन । त्यसै मलाई नेता भन्ने ? नेता बन्ने खुुवि मसित केही छैन । मान्छेलाई प्रशिक्षण दिनोस्, उसको परीक्षण गर्नोस्, कसमा नेता हुने गुण छ, खुवि छ, उसैलाई नेता मान्नोस् । नेता भन्नोस् । जथाभावी मलाई नेता नभन्नोस् । जान्नोस्, सुन्नोस्, बुझ्नोस्, परीक्षण गर्नोस्, हचुवामा अर्कालाई त्यसै नेता नभन्नोस् ।