परीक्षामा सरकारको ‘सेकेन्ड हाफ’

शुक्रबार संवाददाता ,बिहिबार, ११ जेठ २०७४

नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेर सत्ता सहयात्रा गरेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकार सञ्चालनको पहिलो ‘हाफ’ पूरा गरेका छन् । पहिलो नौ महिना सरकारको नेतृत्व गर्ने मौका पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका बेला गरिएका तीनटा वाचामध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छन् ।