दसैँ संघारमा छ । त्यसैले राजधानी काठमाडौँ लगायतका सहरबजारमा चहलपहल स्वाभाविक बन्दैछ । किनमेल, यात्राका कुरामा नेपाली भुलिन थालेका छन् । यसैबीच चोरी, लुटपाट, ठगीका धन्दा पनि चर्चामा छन् ।
चलचित्र निर्माता, निर्देशक र सरकारी नियन्त्रणको केन्द्रीय जाँच समिति अर्थात् चल्तीको भाषामा सेन्सर बोर्डबीचको मतमतान्तर लामो समयदेखिको मुद्दा हो । पञ्चायतकालीन कठोर नियन्त्रणवादी राजनीतिक र सामाजिक व्यवस्थादेखि अहिलेको गणतान्त्रिक नेपालमा पनि यो मुद्दा किनारा लाग्न सकेको छैन ।
एक्काइसौँ शताब्दीका अत्याधुनिक र सभ्य मान्छे भनेर भान्छे र भरियासमेत घिरौँलो जत्रो नाक बनाउने हाम्रो नेपाली समाज छ । अझ सवा, अद्र्ध बुज्रूक र पौने बुज्रूकमा दरिएका त भैँमा न भाँडा हुँदै झन्नै बीस घण्टा फेसबुकमा पेस भएर भेष बदलेका आफ्ना बेढङ्गी तस्बिर राख्न झुन्निएको दृश्यले नेपाली समाजको भावी गन्तव्य कस्तो होला भन्ने मन्तव्यको जरुरतै छैन ।
एक स्वीडेनी बालक थिए । उनलाई सबै खेल मन पथ्र्यो । जुन खेलमा भाग लिए पनि अब्बलमा दरिन्थे । यद्यपि उनमा टेनिसको भूत सवार थियो । टेनिस नै उनको सपना थियो । यही खेलबाट इतिहास रच्न सकिने विश्वास उनमा थियो ।
गीत, कविता र चित्रमा जिन्दगीमा जिउन छुटेका क्षणहरु भेटिन्छन्, जिन्दगीमा नहाँसेका खुसीहरु प्राप्त हुन्छन् र जिन्दगीमा पाउन नसकेको प्रेमका झलकहरु मिल्छन् । यथार्थमा शिशिरको याम हुँदा गीतभित्र फूल फुल्छ, यथार्थमा औँसीको रात हुँदा गीतभित्र टहटह जून लाग्छन् ।
चालु आर्थिक २०७३/७४ मुलुकबाट सबैभन्दा धेरै जनशक्ति बाहिर कमाउन गएको वर्ष हो । करिब ६ लाख ५० हजार युवाहरू खाडी लगायतका मुलुकमा कमाउन गएका छन्, जसमा २२ हजार जति महिला छन् । नेपाली समाज र मुलुकै लागि यो तथ्याङ्क सुखद् हो वा दुःखद् आ–आफ्नै धारणा हुन सक्छन् ।
‘उहिलेका कुरा खुइले, अहिलेका कुरा फैलिए’ भन्ने उखानको बखान त मसान जाने बेलामा पो बल्ल खुल्न थालेको छ । पूर्वीय र पाश्चात्य संसारमा प्रतिपादितवादहरु अचेल नेपाली समाजमा बढी फिक्का लाग्ने र हिक्का बढाउने खालका छन् ।
सहरीकरण र अहिलेको स्क्रिनको दुनियाँसँगै मौलाउँदै गएको क्षेत्र हो मोडलिङ । मनोरञ्जन उद्योग, औद्योगिक, व्यापारिक उत्पादन, व्यापार तथा सेवा विस्तारको क्षेत्रमा फैलिरहेको मोडलिङले उद्यमको रूप लिएको केही समय हुन थालेको छ ।
एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट भाषण गर्दैै पाकिस्तानको बलुचिस्तानमा व्यापक मात्रामा मानवअधिकार उल्लंघन भएको विषय उठाएका थिए ।
राजनीतिको आवश्यक तत्वः दीर्घसोच हो । लघुसोचका पारखीेहरु राजनीति गर्न सुुरिएर जान्छन् अनि निहुरमुन्टी ‘न’ को पारामा ‘पुनर्मुसीको भवः’ हुन्छन् । त्यसपछि उनीहरु फ्याउराले अङ्गुरको झुप्पोतिर झम्टिँदा टिप्न नसकेपछि ‘यस्तो अमिलो अङ्गुर नि कसैले खान्छ’ भन्दै बाटो लागेजस्तै गरी राजनीतिलाई गाली गर्न थाल्छन् ।
नेपालमा यौन व्यवसाय कानुनी रुपमा प्रतिबन्धित छ, दण्डनीय छ र यौन पेशालाई सामाजिक रुपमा अस्वीकार गरिएको पनि देखिन्छ । राजधानी काठमाडौंं, पर्यटकीय सहर पोखरा लगायतका सानाठूला हरेक सहरहरूमा भने यो पेशा मौलाएको भेटिन्छ ।
तीन दसकयता नेपाली चेलीहरू भारतका विभिन्न सहरमा पुर्याएर यौन धन्दामा लगाउने प्रवृत्तिमाथि विशेष गरेर गैर सरकारी क्षेत्रले गम्भीर चासो देखायो । गैससको अभियानमा सरकारले पनि साथ दियो । जसको परिणाम धन्दा चलाउनेहरू कारबाहीमा पर्न थाले ।
जनजीवनको दैनिकीमा ठूलो अर्थ र महत्व रहेको भूउपग्रहका बारेमा नेपालीमा धेरै किसिमका भ्रम छन् । यो महँगो सोख हो, हामीलाई यसको आवश्यकता छैन भन्ने प्रमुख भ्रम नेपालको सरकार र बुद्धिजीवीलाई छ ।
पछिल्लो एक महिनायता भारत र चीनबीच विवाद देखिएको छ । दुवै देशले विवाद देखिएको क्षेत्रमा आफ्नो सैनिक तैनाथी बढाएका छन् । दुवै देशले एकअर्कालाई आफ्नो सैनिक फिर्ता लैजान चेतावनी दिएका छन् ।
गएको असार ३१ मा राजधानीको उत्तरपूर्वी क्षेत्रमा परेको अविरल वर्षाले सडक खहरे बन्यो । सडक नालीमा बगेको भेलले मनमैजुकी १० वर्षीया बालिका विनिता फुयाँलको इहलीला समाप्त ग¥यो । उता सामाखुसीमा केहीबेर बगिन्, १३ वर्षीया किशोरी सत्या सापकोटा । सामाखुसी सडकमा भेल कुदिरहेको दृश्य खिचिरहेकी ब्युटिसियन सुशीला थापाको क्यामराले नालीमा बग्दै गरेकी सत्या सापकोटालाई कैद गर्न भ्यायो ।
काठमाडौं झर्ने आधाजसो पर्यटकलाई पोखराले स्वागत गर्न पाइरहेको छ । भारतको विहार, गोरखपुर, लखनउ लगायतका सहरबाट ठूलो संख्यामा भारतीयहरू मन बहलाउन पोखरामा आउँछन् । चिनियाँहरूको प्रमुख गन्तव्य पनि पोखरा नै हो । नेपालका तन्नेरी र घुम्नुपर्नेहरूले योजना बनाउँदा अधिकांशको पहिलो रोजाइमा पोखरा आउँछ ।
चीनले अघि सारेको वन बेल्ट वन रोड परियोजनाको बारेमा विश्वव्यापी चासोका साथ हेरिएको छ । चीन सरकारले अघि सारेको ३५ वर्षे यो परियोजनाले विश्व व्यवस्थामा कस्तो अवसर पार्ला सहितका विषय अहिलेको चर्चाको विषय बनेको छ ।
विराटनगर मेनलाइन, नारायण मन्दिर नजिकका पौढसँगको कुराकानीमा एक पटक भनेका थिए ‘हामि भारतीयका लागि सिमानामा जुवा चलाउँछौ, उता जोगवनिमा नेपाली युवाहरूका लागि लागु औषध बेचिन्छ, यही हो हाम्रो रोटीबेटीको सम्बन्ध ।’
अल्बर्ट आइन्स्टाइनको तीन वर्षसम्म बोली फुटेको थिएन । स्नायु वैज्ञानिक स्टिभन पिङ्करले एक ठाउँमा भनेका छन्, ‘ढिलो बोली फुट्ने बच्चाहरू कालान्तरमा गएर इन्जिनियर, गणितज्ञ र वैज्ञानिक बनेका उदाहरण छन् ।’ प्रसिद्ध भौतिकशास्त्री रिचार्ड फेम्यान र एडवर्ड टेलरको पनि बोली ढिलो फुटेको थियो ।
संसारका सबैभन्दा दुई पुराना पेसामध्येमा एउटा ‘जासुसी’ र अर्को ‘देह व्यापार’ मानिन्छ । दुवै पेसा पौराणिक समयदेखि आजसम्म चलिरहेको छ । तीमध्ये देह व्यापार कतै वैधानिक रूपमा त कतै अवैधानिक रूपमा चल्दो छ । कतै खुलारूपमा र कतै भित्रभित्रै चलिरहेको पेसा र पेसाकर्मीलाई समाजको आवश्यकताको रुपमा व्याख्याहरू गर्नेहरू छन् र यसमा संलग्न हुनेहरूलाई हेय दृष्टिले हेर्ने पनि प्रशस्त छन् ।