छठ सम्पन्न गरेर राजधानी फर्कंदै गरेका सप्तरीका सर्वसाधारण बस दुर्घटनाको सिकार बने । सप्तरी तिलाठीका रामनाथ झा सन्तान वियोगको पीडामा छन् अहिले । छठ मनाएर राजधानी बिदा गरेका २ छोरा, १ बुहारी र एक नातिको वियोगमा छन् उनी । नियतिले उनको घरपरिवार उजाड बनाएको छ । सप्तरीबाट काठमाडौं आउँदै गर्दाको बस त्रिशूली खस्दा ३१ जनासँगै रामनाथको पनि सानो संसार उजाडिएको हो ।
पछाडिबाट धकेलेको भए पो अगाडि जान्थ्यो । नेताहरूले अगाडिबाटै धकेलेपछि पछाडि नगएर कता जाओस् शिक्षा ? शिक्षामन्त्रीले नै नुनको सोझो भन्दै कानुनलाई लोझो बनाउँदा रहेछन् ! सदनमा ऐन पास गराउन कतै सधनको आस त देखाएनन् ? सदनमा हर्सपावर प्रयोग हुन्छ भन्थे कतै २५ हर्स पावरले ठेलेर त शिक्षा २५ वर्ष पछाडि धकेलिएको होइन ?
उच्च शुद्धताका साथ सूर्य देवताको आराधना गरिने छठ पर्वको माहौल छ अहिले । केही वर्ष अघिसम्म पूर्वी र मध्य मधेसका खास गरेर मोरङ्ग पश्चिम पर्सासम्म भव्यताका साथ मनाइने छठ पर्वले अहिले फड्को मार्दैछ, फैलँदै छ ।
जेरी सिगल महिला भनेपछि हुरुक्क हुन्थे । आकर्षक महिला देख्नेबित्तिकै उनको मनमा घण्टी बज्थ्यो । ट्वाङ...ट्वाङ । मौका मिलेसम्म बोल्न तम्सिहाल्थे । भेटे जतिसँग क्वालिटी समय बिताउन हत्ते गर्थे । फूलमा भमरा लोभिनु स्वभाविक हो तर जेरी स्त्री लम्पट थिए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या प्रकरणले मुलुकको शान्ति सुरक्षाको अवस्था औँल्याएको छ । राजधानीको मध्य सहरमा दिउँसै गोली काण्ड हुनु र गाडीमा सवार गौचनको नियोजित हत्या हुनुलाई लिएर शान्ति सुरक्षाको जिम्मेवारहरू माथि प्रश्न उठ्न थालेको छ ।
अङ्ग्रेज मोराहरुले निकै बठ्याइँ झिकेर बूढो पुस्ताको मनलाई सन्चो र सुविधा दिन द्विविधा नभै कति मीठो उखान बनाए छन्, ‘ओल्ड इज गोल्ड ।’ यै उखानको प्रभावले त नयाँ पुस्ताका ठेट्ना र अल्लारेहरुलाई आस तथा त्रासमा राख्न वृध्द पुस्तालाई ऋध्द — संवृध्द, सुनौलो वा ज्येष्ठको विशेषणमा रङ्गाएर बूढा पिँढीलाई सिँढी नै चढाइदिएछन् ।
एक प्रतिष्ठित संस्थाको ठीक अगाडि एउटा समोसा पसल थियो । त्यो पसलको समोसा भनेपछि सबै हुरुक्क हुन्थे । पसलमा बिहानदेखि बेलुकी अबेरसम्म समोसा किन्नेको राम्रै भिड हुन्थ्यो । त्यहाँको पसले (दोकाने)लाई भ्याईनभ्याई हुन्थ्यो ।
दसैँ बिदा हुने क्रममा छ । तिहारको रमझम सुरू हुने क्रममा छ । तिहारलगत्तै विशेष गरेर पूर्वी र मध्य तराईको महान चाड छठ संघारमै छ । यी धार्मिक आस्थाले सम्पन्न र सामाजिक जस्वनमा नागरिकमा भिजेका चाडवाडको मैझारो लागेपछि अर्को चाड आउँछ, त्यो हो राजनीतिक चाड ।
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ सन्तान कुपुत्र भए पनि माता कुमाता हुन सक्दिनन् भन्छ शास्त्र । गर्भमा रहेकी भ्रूण (पेटभित्रकी बालिका) ले किन मेरो भ्रूणहत्या गर्न खोजेको आमा मलाई जन्मन दिनोस् भनेर पुकार गरेको सुन्दा त कतै आधुनिक आमाले शास्त्रको मर्म र आफ्नो सुकर्म त बिर्सेकी होइनन् ?
लोकतन्त्र भनेको विधिको शासन व्यवस्था हो, जनताप्रति जवाफदेही हुने व्यवस्था हो । संवैधानिकता लोकतान्त्रिक व्यवस्थाको मौलिक विशेषता हो । हामीले भर्खर तेस्रो संविधान दिवस मनायौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र मुलुक प्रदेश, संघीय चुनावमा होमिएको छ ।
बत्तीस दन्तले घेरेको छालाले बेरेको एउटा सीमित ठाउँमा थुकको पोखरीमा बस्ने जिब्रोले जाबो र जादुको दुई धार देखाउन पछि परेको छैन । जिब्राको जादु देख्ने, भोग्ने र सुन्नेलाई मात्र थाहा हुन्छ । आफू हल्का भएर पनि तहल्का मच्चाउने यही जिब्रो ।
प्रदेश नं २ यतिखेर स्थानीय तह निर्वाचनमा होमिएको छ । सहर, गाउँ, देहात सर्वत्र चुनावी माहौल रंगिएको छ मधेस । तेस्रो चरणमा सम्पन्न हुन लागेको निर्वाचनको पृष्ठमूमिमा मधेस आन्दोलनका घाउँहरू छन् ।
म्यान्मारमा आन्तरिक द्वन्द्वसँगै हजारौं अल्पसंख्यक रोंहिग्या मुसलमानहरु बंगलादेशमा शरणका लागि आइपुगेपछि अहिले विश्वको ध्यानाकर्षण भएको छ । म्यान्मारका सेना मात्रै नभएर बौद्ध धर्मलम्बीहरुको समेत आक्रमणमा परेपछि उनीहरु आफ्नो थातथलो छाडेर हिँडेका हुन् ।
काठमाडौँबाट सौर्य सञ्चार सहकारी संस्था लि. द्वारा प्रकाशित वि.सं. २०७४ असार ५ गतेको सौर्य दैनिक ६ वर्ष १२१ अंकको ४ पृष्ठमा छापिएको रामप्रसाद धितालको किन संकटमा पर्दै छ संस्कृत ? भन्ने लेखमा १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले खोलेको संस्कृत पाठशाला आधिकारिक रुपमा खुलेको पहिलो पाठशाला मानिन्छ भनी लेखिएको छ ।
सन् १९७५ जनवरी २४ को दिन एउटी १७ वर्षे जर्मन महिला असिनपसिन देखिन्थिन् । भेरा ब्रान्डेस नाउँ गरेकी ती युवतीले अमेरिकाका ख्यातिप्राप्त पियानोवादकको पियानो कन्सर्ट आयोजनाको जिम्मा लिएकी थिइन् । किथ जेरेटको नाउँले नै कार्यक्रम हाउसफुल भएको थियो ।
उदारवादको नीति भनेको निजी क्षेत्रलाई बजार र सेवा जिम्मा दिने हो । नेपालले आज भन्दा ३० वर्षअघि अर्थात् पञ्चायतको आखिरी सयमदेखि उदारवादी, खुला र प्रतिस्पर्धी आर्थिक नीति अख्तियार गरेको हो ।
संवैधानिक अङ्ग लोकसेवा आयोगदेखि चोक वा डबली सेवा आयोगसम्म, मदिरा पिलाइसेवादेखि कोक–फेन्टा तन्काउनेसम्म अनि भुटन, करी, तास र थरीथरीका रमसम्म बेच्ने काममा असफल भए’छि ‘अल्छी तिघ्रो स्वादे जिब्रो’ म मोरो गोबर गणेश शिक्षण सेवामा प्रवेश गर्न पुगेँ ।
एकपछि अर्को परमाणु बम र क्षेप्यास्त्रहरुको परीक्षण गर्दै आएको उत्तर कोरियाले एसियामा युद्धको नयाँ त्रास उत्पन्न गराएको छ । यस घटनाक्रमसँगै युद्धको सम्भावना, सैनिक सामथ्र्यको तुलनामा मात्रै नभएर युद्ध भैहालेको अवस्थामा त्यसले गर्न सक्ने क्षतिका बारेमा समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पाउन थालेको छ ।
प्रकृतिप्रधान, कृषिप्रधान, धर्म—संस्कृतिप्रधान र ऋषिप्रधान भनेर चिनिने हाम्रो देश अहिले आएर प्रकृतिलाई खल्बल्याएर विकृतिप्रधान, कृषिलाई दपेटेर बेसौती—प्रधान, धर्म—संस्कृतिलाई निरपेक्ष वा वास्ता नगरेर नास्तिकता मुहान र गतिशील ऋषिमार्ग तोडेर बियर तथा मदिराका सिसी फोरेर सिसीप्रधान बनाउन माहिर भएका छौँ ।
लुइस क्यारोलको विश्वप्रसिद्ध उपन्यास ‘एलिस इन वन्डरल्यान्ड’मा एलिस र एउटा बिरालोबीच एउटा प्रख्यात सम्वाद छ —
एलिस अन्योलमा छे र बिरालोलाई सोध्छे, ‘म कुन बाटो जानु ठीक होला ?’
बिरालोले उत्तर दिन्छ, ‘त्यो त तिमी कहाँ पुग्न चाहन्छौ, त्यसमा भर पर्छ ।’
एलिस भन्छे, ‘कहाँ पुगिन्छ भन्नेमा मलाई धेरै चासो छैन ।’