प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक मार्ग प्रशस्त हुन्छ भन्ने आम अपेक्षा थियो । प्रत्यक्ष निर्वाचन सम्पन्न भएपछि सरकार गठनको काम अगाडि बढ्ने विश्वास थियो, जनस्तरमा । तर अहिले निर्वाचन सम्पन्न भएर परिणाम आएको एक महिना नाघिसक्यो र अहिलेकै राजनीतिक यात्रामा मुलुक रह्यो भने आगामी एक महिनाअघि नयाँ सरकार गठन हुने देखिदैन ।
नानापन्थीका खन्तीहरूले राज्य गरेर हत्तु हैरान पारेको हुँदा जनता वाक्कदिक्क भएर यसपालि वामपन्थीको जिम्मामा सत्ता आदेश ठेलिदिए । राज्यसत्तामा चाकाचुली खेल्न नपाएर न्यास्रिएका, चाकाचुली खेल्ने ठाउँमा रहेर पनि फुली फुक्लिएका शब्दका देब्रे पन्थी दुवै भाइ समृद्धि र विकास मार्फत नयाँ निकास दिनेमा दरिएर नारिदै छन् गठजोडका गाडामा ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भएपछि लामो समयदेखिको राजनीतिक संक्रमण समाप्त हुने र मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख हुने अनुमानहरू थिए र राजनीतिक जिम्मेवार नेताहरूले जनसमक्ष त्यस्तै आश्वासनहरू दिँदैआएका थिए । चुनाव आंशिक रुपमा सम्पन्न भएको छ ।
झट्ट शाब्दिक अर्थ निकाल्दा समाजको सेवा गर्नुु नै समाज सेवा हो भन्नेमा दुईमत रहेन । दर्तावाल देशी–विदेशी संस्थादेखि हर्ताकर्तावाला सेलिब्रेटीका घरेलु समाजसेवी उद्योग यत्रतत्र व्याप्त छन् । पछिल्लो समय समाजसेवी उद्योगमा सामाजिक सञ्जालले पूरै हस्तक्षेप गरेको छ । सत्ता कब्जा गरिसकेपछि नियम–कानुन बदलिने नै भए, समाजसेवाको परिभाषा पनि परिमार्जन, परिवर्तन गरिएको छ । फेसबुके, ट्विटे समाजसेवीका अनुसार समाजसेवा भनेको दायाँ हातले लिएर बायाँ हातले दिने कार्य हो, तर दायाँ हातमा आएकोबाट बायाँ हातले दिएको घटाउँदा शून्य हुन जरुरी छैन ।
संघीय गणतान्त्रिक नेपालले अँगालेको पहिलो संविधानपछि भएको प्रदेश र केन्द्रीय संसद्को चुनावमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी¬–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लोभलाग्दो जित हासिल गरेका छन् । प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६ र कांग्रेसले २३ प्रतिनिधिसभा सदस्य ल्याएका छन् । स्पष्ट रुपमा जनताले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको खण्डमा पाँच वर्षसम्म स्थिर सरकार चलाउलान् भन्ने अपेक्षाका साथ मत दिएका छन् ।
उत्पादनमा नेपाली कुनै हालतमा पनि कम छैनन् । साँच्चिनै भन्ने हो भने नेपालीले भन्दा ठूलो र धेरै यस्तो उत्पादन विश्वका कुनै मुलुकका जनताले पनि गर्न सकेका छैनन् । हेर्नोस् त हाम्रो विशुद्ध नेपाली ट्रेडमार्कको उत्पादनलाई विश्वका कति मुलुकले मागिरहेका छन् ? भ्याएसम्म र धानेसम्मको उत्पादन गरेर पठाइरहेका छौँ हामीले । हाम्रो पुख्र्यौली इतिहासदेखि नै हेर्नोस् त, हामी यो उत्पादनमा कमी भयौँ भनेर कहिले कुन मुलुकसित सापटी माग्नु परेको छ ?
जनताका हातले बनाएको संविधानअनुसार मुलुकको राजनीतिक यात्रा सुरू भएको छ । मुलुकमा तीनवटै तहका चुनाव भएका छन् । स्थानीय तह आफ्नो बाटोमा हिँड्न थालिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ । चुनावपछिका तत्कालीन उपलब्धि भनेको केन्द्रमा संघीय सरकार बनाउने, राष्ट्रियसभा गठन गर्ने र प्रतिनिधिसभाले बिस्तारै काम थाल्नु हो । त्यस्तै ७ वटा प्रदेशमा संघीय सरकार गठन हुनु र प्रदेश संसद् गठन हुनु हो ।
–छोराको नाम तत्काल फेरिहाल्नुस्
–किन र गुरुजी ?
–तपाईँको छोराको जन्मराशि र बोलाउने नामको राशि एउटै पर्यो । त्यसैले दुई नामबीच ‘भाइब्रेट’ भई छोराको जीवन अस्थिर हुनसक्छ ।
छोराको ग्रहदशा हेराउन पुगेकी आमा र राजधानीको नामी ज्योतिषीबीचको संवाद ।
छोराको नाम रहेछ, नवराज । बाबुआमाले बोलाउने नाम राखेछन् युवराज । ‘न्वारानको नाम अनुराधा नक्षत्रको पहिलोे पाउबाट, वृश्चिक राशि’, ज्योतिषीले भने, ‘युवराजको यु ज्येष्ठा नक्षत्र अर्थात् वृश्चिक नै राशि ।’ अब यसरी दुईटै नाम एउटै राशिको हुँदा ‘भाइब्रेट हुन्छ रे !
सय वर्षअगाडि भारतको एक गाउँमा टोपी व्यापारी थिए । त्यस बेला कामको आधारमा व्यक्तिलाई चिनिने हुँदा उनलाई सबैले टोपीवाला भन्थे । एक दिन उनी टोपी बेच्न सहरतिर लागे । गाउँबाट सहरसम्म पुग्न त्यस बेला गाडी र रेलको सुविधा थिएन । यसर्थ पैदल यात्रा गर्नुको विकल्प पनि थिएन । केही घण्टाको हिँडाइपछि ती टोपीवाला थकित भए । आराम गर्न एक ठूलो रुखको छहारीमा बसे । उनले बाटोमा भोक लाग्दा खाने खाजा–पानी बोकेका थिए । खानाको पोका फुकाए र कपाकप खान थाले । क्षणमै भोक र तिर्खा मेटियो । उनलाई खासै हतार थिएन ।
सय वर्षअगाडि भारतको एक गाउँमा टोपी व्यापारी थिए । त्यस बेला कामको आधारमा व्यक्तिलाई चिनिने हुँदा उनलाई सबैले टोपीवाला भन्थे । एक दिन उनी टोपी बेच्न सहरतिर लागे । गाउँबाट सहरसम्म पुग्न त्यस बेला गाडी र रेलको सुविधा थिएन । यसर्थ पैदल यात्रा गर्नुको विकल्प पनि थिएन । केही घण्टाको हिँडाइपछि ती टोपीवाला थकित भए । आराम गर्न एक ठूलो रुखको छहारीमा बसे । उनले बाटोमा भोक लाग्दा खाने खाजा–पानी बोकेका थिए । खानाको पोका फुकाए र कपाकप खान थाले । क्षणमै भोक र तिर्खा मेटियो । उनलाई खासै हतार थिएन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा गृहमन्त्री विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि धनुषा –३ चर्चामा छ । पछिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका महतोले यो चुनाव पनि जित्न नसके पार्टीभित्रै कमजोर पर्नेछन् भने निधि असफल भए कांग्रेसभित्र मधेस कमजोर पर्नेछ ।
गणतन्त्र गतिलो गर्नलाई गठबन्धनको गाँठो गहन हुनुपर्छ भन्छन् । गतिलोसित गठन गरेर गँठ्याउन सकिएनभने गठबन्धननै गुम्सिएर गनाउ पुगेको गतानुभवको गन्ध गैसक्या छैन । कस्तो गठबन्धन गरेका हुन् ? गर्राभित्रैका गतिलाले पनि गठबन्धनको गन्ध निस्कन लाग्यो भन्न थाल्या छन् ! गम्किनु पर्ने गणतन्त्र, गतिछाडा गठबन्धनको गञ्जागोलमा गुम्सियो भनेर गिडिने र गुम्नाम हुने गाउँलेहरूका आफन्त गिडुवाका गठबन्धनले गणतन्त्र गर्त (खाडल) मा गाडिन गयो भन्दै गहभरि आँशु गरेर गुनासो गर्दैछन् ।
चार दिनपछि प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन हुँदैछ । हिमालको काखमा रहेका ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा हुन गइरहेको निर्वाचन परिणाम भने दोस्रो चरणको निर्वाचन मंसिर २१ पछि मात्र आउने छ । निर्वाचन आयोगले पहिलो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । राजनीतिक दल र उम्मेदवार दिलो ज्यान दिएर आफ्नो पक्षमा मत पार्ने कसरत गरिरहेका छन् ।
हरेक खुट्टेबाट दलिएर दलित भएका खुट्टाको पीडा कसले बुझेको छ ? जातजातीका मुख हे¥यो । मुखामुख गर्यो । उनैलाई दलित भन्या । तिनै दलितबाट महादलित भएका छन् उनकै खुट्टा । खुट्टाको अधिकारलाई खुट्टेले सताउनुभनेको घरेलु हिंसा नै हो । श्रीमान्ले श्रीमतीलाई सताउँदाको उजुरीमा प्रहरी भन्छ घरायसी मामला !
सहरका सडकहरूमा देखिने स्थायी सूचना हो, कामदार चाहियो । राजधानीको नयाँ सडकका सुनचाँदी पसलेलाई कारिगर चाहिएको सूचना हुन्छन् । सुन्धारामा होटलहरूले कामदार चाहिएको सूचना टाँसेका हुन्छन् । डिपार्टमेन्टल स्टोर वा मलहरूमा सेल्स ब्याई/गर्लको आवश्कताको नोटिस हुन्छ । विराटनगरमा उद्यमीहरू, वीरगंजका व्यापारीहरू जो कोही कामदारकै खोजीमा हुन्छन् ।
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)लाई टक्कर दिन भारत र जापानले एसिया अफ्रिका ग्रोथ कोरिडर(एएजिसी)को अवधारणा अघि सारेका छन् । २०१६ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान भ्रमणको संयुक्त विज्ञप्तिमा उल्लेख भए पनि पछिल्लो समयमा भारत भ्रमणमा आएका जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणमा क्रममा चर्चामा आएको छ ।
दिलिप कुमार हिन्दी चलचित्र जगतका महानतम् कलाकारमध्ये एक हुन् । उनलाई ट्र्याजेडी किङ भनेर पनि चिनिन्छ । चलचित्र उद्योगमा ६ दशक बिताएका उनले देवदाश, मधुमति, मुगल–ए–आजम, गंगा–जमुनाजस्ता चलचित्र दिएका छन् । उनी मेथड एक्टिङका अभियन्ता हुन् । चाहे अमिताभ बच्चन हुन् वा राजेश खन्ना, अमिर खान हुन् वा अक्षय कुमार सबैले दिलिप कुमारकै लिगेसी समाएका छन् ।
निर्वाचनको माहौल छ मुलुकमा । राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा घाउँदै छन् । प्रचारमा जुटेका छन् उनीहरू । जनताका मनहरूको बलमा नेता हुने, मन्त्री, प्रधानमन्त्री हुने वा सभासद्को गरिमामय भूमिका निर्वाह गर्ने अवसर छ अहिले ।
यतिखेर नेपालको चुनावी राजनीतिको एकमात्र सङ्ग्रामी सूत्र ‘गठबन्धन’ बन्न पुगेको छ । दलहरुका वाद, सिद्धान्त, दर्शन, मूल्य—मान्यता र कालीक मुद्दा मात्र सालिक बनेपछि ‘एनिहाउ जसरी पनि सत्तामा जाऊ’ भन्ने पिसापी तापमा यो मौसमी चिन्तनले खुट्टो घुमाएर पुठ्ठो नचाएको हो ।
एक जना युवा प्रतिष्ठित एवम् आकर्षक तलब दिने कम्पनीमा काम गर्न चाहन्थे । उनले त्यसका लागि चाहिने कागजात बनाए । उनले धेरै संघसंस्थामा आफ्नो ‘बायोडाटा’ पठाए पनि केहीबाट मात्र अन्तर्वार्ताका लागि निमन्त्रणा पाए । विभिन्न चरणको अन्तर्वार्तापश्चात् उनले नाम चलेकै एउटा संस्थामा साधारण तहमा रहेर काम गर्ने मौका पाए ।