प्रेम मानवीय स्वभाव मात्रै हैन । पशुपक्षी, कीराफट्याङ्ग्रा सबैमा यो भाव उस्तै हुन्छ । चरामा त प्रेमसम्बन्धी विशेष गुण नै देखिन्छ । मानिसझैं चरा पनि प्रेम गर्न खप्पिस हुन्छन् । चराले पनि प्रेम गर्छन्, उसको पनि परिवार हुन्छ र आजीवन जोडी पनि बनाउँछन् । सुन्दर गुँड बनाउँछन् । मानवीय स्वभावझैं खटपट परेमा जोडी फेर्छन् ।
मानिसझै चरा पनि प्रेम गर्न खप्पिस हुन्छन् । चराले पनि प्रेम गर्छन्, उसको पनि परिवार हुन्छ र आजीवन जोडी पनि बनाउँछन् । सुन्दर गुँड बनाउँछन् । मानवीय स्वभावझैं खटपट परेमा जोडी फेर्छन् ।
कलंकी मालपोत कार्यालय पुग्दा हातमा फाइल बोकेर भौंतारिइरहेका सयौं सेवाग्राहीकै भीडमा चमकिलो मुहार प्रायः कमैको देखिन्छ । शुक्रबार मालपोत कार्यालय पुग्दा प्रायको मुहार मलिन नै देखियो जग्गाको राजीनामा, नामसारी, अंशबण्डा, दर्ताफारी, शेषपछिको बकसपत्र, जग्गा रोक्का र दर्तालगायतका काम लिएर आउनेहरू दिनभर कार्यालय परिसरमा यता–उता दगुरिरहन्छन् म्याराथनमा भाग लिएको खेलाडीझैं ।
साइडवर्कस धरहराको भग्नावशेषलाई साक्षी राखेर व्यापारमा मग्न छ । अनुगमनको जिम्मेवारी पाएको महानगरपालिकाको नेतृत्व मौन छ । महानगरले न ढलेको धरोहरको संरक्षणमा चासो देखाएको छ न, लुट रोक्न कुनै प्रयास नै ।
कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए– दीपक मनाङे, अर्का चक्रे मिलन ।
अन्तर्राष्ट्रिय लागुऔषधका कारोबारीको ट्रान्जिट बनाउँदा अन्तर्राष्ट्रिय रुपमै बदनाम बन्दै गएको काठमाडौं पछिल्लो समय बाल यौन दुराचारीले समेत ‘हब’ बनाउन थालेका छन् ।
हामी सपरिवार बुबाको श्राद्धका लागि पशुपतिनाथ पुगेका थियौँ । मध्य साउनको महिना भएकाले वाग्मतीमा लगभग बाढी नै आएको थियो । त्यहाँ हामी सपरिवार उपस्थित थियौँ । नदी किनारमै बुबालाई पिण्ड चढाउने उद्देश्य भएकाले पानीभन्दा दुई तीन फिटमाथि नै श्राद्धकर्म भइरहेको थियो । त्यहाँ सम्यक नामक तीन वर्षे बालक यी सबै गतिविधि र क्रियाकलाप हेरेर बसिरहेको थियो ।
पढाइको सिलसिलामा गाउँ (नुवाकोट)बाट काठमाडौं आइएको थियो । प्लस टुसम्म त काम गरिएन । काठमाडौंमा खान/बस्नलाई सधैँ घरबाट पैसा माग्ने कुरा आएन । त्यसैले काम खोज्ने क्रममा एकजना दाइमार्फत् यो काम थालियो । हरेक काममा गाह्रो त हुन्छ तर यो अलि बढी ‘रिस्की’ काम हो ।
खर्च गर्न भनेपछि अति कञ्जुस मान्छे तपाईंले आँखैअघिल्तिर देख्नु भएको हुन सक्छ । यही कञ्जुस्याइँका कारण उनीहरूले प्रशस्त पैसा र धन जम्मा गरेको धेरैलाई लाग्न सक्छ । तर प्रश्न के उठ्छ भने सबै धनी कञ्जुस किन हुन्छन् ? धनीहरूको बानी नै कञ्जुस हुनु हो ? कि पैसा कमाउन थालेपछि मान्छे कञ्जुस हुन थाल्छन् ?
१८ औँ शताब्दीको अन्त्यतिर र उन्नाइसौँ शताब्दीको सुरुवाती दिनहरुमा युरोपका महिलाहरु बच्चा जन्माएको १० दिनभित्र बिरामी पर्थे । त्यस समयका डाक्टरहरु र मेडिकल प्रोफेसनलहरु घरमा बच्चा जन्माउनु भन्दा हस्पिटलमा बच्चा जन्माउनु उचित भन्ने अभियान चलाइरहेका थिए । बच्चा जन्माउँदा हुने मेडिकल जटिलताबाट बच्न अधिकांश महिलाहरु हस्पिटल जान रुचाउँथे ।
पार्टी एकीकरण गर्ने र स्थिर सरकार बनाउने भनी चुनावमा होमिएका एमाले र माओवादी एकीकरण अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । प्रत्यक्ष निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि एकीकरणको ठोस खाका आएको छैन । राजनीतिक वाद, सैद्धान्तिक धारणा, पदीय भागवण्डाजस्ता मामिला एकीकरणका पेचिला पक्ष हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि राजनीति सङ्लिएला भन्ने जनताले अपेक्षा गरेका थिए तर सोचेअनुरुप हुन सकेको छैन । चुनावको प्रत्यक्ष तर्फका परिणाम आइसकेका छन् भने समानुपातिक चुनावबाट कुन दलका को–को सांसद निर्वाचित भए भन्ने अन्योल कायमै छ । यसैबीच राष्ट्रियसभा गठनलाई लिएर प्रमुख राजनीतिक दल कांग्रेस र एमाले आपसमा विवादमा रुमल्लिएका छन् र विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत मुछिने अवस्था आएको छ ।
जोसे हर्नान्डेज एक अमेरिकी इन्जिनियर तथा नासाका तात्कालीन अन्तरीक्ष यात्री हुन् । उनी एक किसान परिवारमा जन्मे पनि नासाको अन्तरीक्ष यात्रीसम्म बन्न पुगे । त्यो उचाइसम्मको यात्रा निकै चुनौतीपूर्ण थियो । १२ वर्षको हुँदासम्म अङ्ग्रेजी बोल्न जान्दैन थिए । उनको परिवार मेक्सिकोबाट बसाइँ सरेर अमेरिका आएका थिए । एक आप्रवासी जीवनशैली बाँच्नुको विकल्प थिएन ।
सम्पन्नता बढ्दै जाँदा चीनले चन्द्रमामा मानव पु¥याउने लक्ष्य बोकेको छ । सन् २०१८ मा मानव लिएर एउटा रकेट चन्द्रमामा पुग्ने छ । रुस पनि सन् २०३० सम्म चन्द्रमा अभियानअन्तर्गत मानिसलाई त्यहाँ पु¥याउने पक्षमा छ । यस्तो अवस्थामा अमेरिका किन पछि पथ्र्यो । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा मानव मिसन सुरु गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् । आखिर तेस्रो पटक चन्द्रमा टेक्ने मानिस कुन देशको होला त ?
सन् २००७ जनवरी १२ तारिकका दिन एक व्यक्ति वासिङ्टन डिसी मेट्रो स्टेसनको एक कुनामा उभिएका थिए । उनले बेसबल क्याप लगाएका थिए । उनको लबाइले स्ट्रिट पर्फमरको झल्को दिन्थ्यो । हातमा भायोलिन थियो । र, केही तयारीपछि बजाउन थाले । चिसो बिहानी थियो । अफिसको समय भएकाले मेट्रो स्टेसनमा मानिसको ठूलै भीड थियो । सबैजना हतारमा देखिन्थे । एक सेकेन्ड रोकिने कसैलाई फुर्सद थिएन । सबैलाई चाँडोभन्दा चाँडो काममा पुग्ने हतारो थियो । त्यसैले स्टेसनमा बजाइएको भायोलिनको धुन बेवास्ता गरियो ।
जर्मनीमा पहिलो पटक आम चुनावभन्दा दुई महिनापछि पनि कुनै सरकार बन्न सकेको छैन । यही कारण चान्सलर एन्जेला मर्केलको भविष्य प्रश्नले घेरिएको देखिँदैछ । गएको २४ सेप्टेम्बरमा जर्मनीमा संसदीय चुनाव भएको थियो । त्यसयता कुनै नयाँ सरकार गठन हुन सकेको छैन ।चान्सलर (प्रधानमन्त्री) एन्जेला मर्केलको महागठबन्धनको पुरानै मन्त्रिमण्डलले नै कार्यवाहक सरकारका रुपमा देश चलाइरहेको छ ।
मंसिर १० र २१ गते देशैभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भयो । अहिले सोही निर्वाचनको नतिजा आउनेक्रम अन्तिम चरणमा छ । चुनावी मैदानमा उत्रिएपछि जितहार हुनु स्वभाविक हो । मैदानमा उत्रिएपछि जित र हार हुन्छ नै । विजय र पराजयबीच जब झिनो मत हुन्छ, त्यो अंक विजित र पराजित दुवैका लागि सम्झन योग्य हुन्छ । यस्तै अवस्था मतान्तर धेरै हुनेका हकमा पनि लागू हुन्छ ।
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख राजनीतिक दलका पार्टी अध्यक्षहरू चुनावी मैदानमा छन् । अहिलेको राजनीतिक माहोल, विगतका चुनावहरूमा पार्टी र नेताहरूले पाएको मत र राजनीतिमा देखिएको लोकतान्त्रिक तथा वामपन्थी गठबन्धनको पृष्ठभूमिमा शुक्रबारले प्रमुख पार्टीका केन्द्रीय अध्यक्षहरूको चुनावी मैदान आँकलन गर्ने प्रयास गरेको छ ।
अमेरिकाको फिलाडेल्फियामा एउटा सानो होटल थियो, जसमा जर्ज नामक एक जना व्यक्ति फ्रन्ट डेस्कको जागिरे थिए । जर्ज एक पटक रात्रिकालीन सेवामा थिए । त्यसबेला एउटा जोडी होटल लबीमा देखा परे । जर्जले उनीहरु कुनै हाई–प्रोफाइलका व्यक्ति होलान् भन्ने अनुमान गरिहाले किनभने उनीहरुको लवाई नै त्यस्तै थियो । जर्जलाई त्यस जोडीले अनुरोधको भाषामा भने, ‘योङ म्यान, यहाँका सबै ठूला होटलमा कोठा पाइएन । म र मेरी पत्नीलाई एउटा कोठा चाहिएको थियो । सारा होटल चहार्यौँ । निराशा मात्र हात लाग्यो । हामीलाई यो होटलमा बास मिलाउन सक्छौ ?’