तेईस राष्ट्रका युवा वैज्ञानिकलाई पछि पार्दै नेपाली वैज्ञानिकले जिते स्वर्णसहित तीन पदक जितेका छन्। रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्डसहित तीन पदक जितेका हुन्।
संसद् भवनमा काम गर्ने कर्मचारीको कोठामा गएर बलात्कारको प्रयास गरेको आरोप खेपेका निवर्तमान सभामुख कृष्णबहादुर महरा असोज १९ मा पक्राउ परे पनि बयान हुन सकेको छैन। बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएपछि उनको बयान अवरुद्ध भएको हो।
नेपाल पोलिमर इन्स्टिच्यूट काठमाडाैंको नेतृत्वमा रसियाको याकुचमा हुन गइरहेको आठौं एसिया प्यासिफिक युवा वैज्ञानिक (एपीसीवाइयस २०१९) अन्तर्राष्ट्रिय सम्मेलनमा नौ उच्च माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने भएका छन्।
द रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भारतीय मूलका अमेरिकी अभिजित बनर्जी, फेन्च मूलकी अमेरिकी एस्थर डुफ्लो र अर्का अमेरिकी माइकल क्रेमरलाई दिने निर्णय गरेको छ।
फ्रान्सेली फोटोग्राफर मिचेल मिलेले नेपाल बसाईका क्रममा खिचेका फोटोहरू पाटन संग्रहालयको ग्यालरीमा प्रदर्शन भइरहेका छन्। गत असोज १० देखि सुरू भएको ‘फिप्टिन इयर्स इन नेपाल’ नामक प्रदर्शनीमा उनले विगत १५ वर्षमा खिचेका फोटोहरू समावेश भएका छन्।
समय बदलिएको छ। अहिले पोखरामा दसैं आएको संकेत गर्ने भनेको च्यांग्राले हो। मुस्ताङबाट म्याग्दी, पर्वत हुँदै पोखराको फेदी, घट्टेखोला, हेम्जा, याम्दीमा जब भेडा च्यांग्राको लस्कर देखिन्छ अनि दसैं बसाउँछ।
दसैंमा बिदा हुने भएकाले उपयोग गर्छु। दसैंको आफ्नै महत्व छ। यो चाडले समाजलाई जोड्ने काम गर्छ। अन्य समयमा एक आपसमा झगडा गरेको भए पनि दसैंमा टीका लगाउन जाने चलन छ। आफन्तसँग भेटघाट गरेर टीका लगाउँदा रमाइलो पनि हुन्छ।
काठमाडौँकै पुरानो बजारमध्येको असनमा नपाइने कुरा नेपालमै कतै पाइँदैन भन्ने आहान पनि चल्ने गर्छ। जन्मदेखि मृत्यु हुँदासम्म चाहिने सबै सामान एकै ठाउँमा पाइने भएकाले पनि प्रायः उपभोक्ता यहीँ आइपुग्छन्।
जब राम्रो कमाइ तब दसैं। यस्तै त हो गायक–गायिकाका लागि। चाडपर्व आए लगत्तै परिवारसँग भेटघाट र रमाइलोतिर भन्दा पनि उनीहरु कमाइ धमाइतिरै व्यस्त हुन्छन्। झन् दसैंमा त कहाँ टीका थाप्दै हिँड्न फुर्सद हुन्छ र उनीहरुलाई। कोही विदेशतिर हुर्रिन्छन्, कोही स्वदेशमै भए पनि मेला पर्वमा व्यस्त हुन्छन्।
नेपालमा हरेक वर्ष ३५ करोड लिटर मदिरा खपत हुन्छ। जनसंख्याअनुसार खपत हुने मदिराको मात्रा बाँड्ने हो भने एक नेपालीको भागमा एक वर्षमा १३ लिटर ब्रान्डेड मदिरा पर्छ।
जापान पठाउने लोभमा जेठा छोराका दुई सन्तानलाई कान्छा छोराको बनाएको आरोपमा छानबिनमा परेका पूर्व उप्रधानमन्त्री तथा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी भारत घुमघाम सक्काएर नेपाल फर्किए। नेपाल फर्किएलगत्तै उनी विभिन्न युट्युब च्यानलमा आफूमाथि लागेको आरोपको खण्डनमा सक्रिय भए तर ‘शुक्रवार’सँग भने बोल्न मानेनन्।
राजतन्त्र ढल्यो । तर सत्ता र शक्तिको उपयोग गरेर गम्भिर अपराधमा संलग्नलाई उन्मुक्ति दिने र पीडितलाई नै उल्टो दोषी देखाउने अभ्यास संघीय लोकतान्त्रीक गणतन्त्रमा पनि जारी रहेको महरा प्रकरणले देखायो ।
सोझा नेता मानिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई नातिलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा बाबुआमा नै परिर्वतन गरिदिएको खुलेपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले छानविन समिति गठन गरेको छ।
बलिउड अभिनेता वरुण धवनले एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई पठाएको भिडियो सामाजिक सञ्जाल चर्चा पाउँदैछ।
जुन दलका भए पनि युवा नेताले नेतृत्व गर्नुपर्छ भन्ने पक्षधर मतदातामाझ विश्वप्रकाश शर्मा, गगन थापा, योगेश भट्टराई, रवीन्द्र अधिकारी उत्तिकै लोकप्रिय थिए। प्रष्ट वक्ता भएकाले पनि यिनीहरु सरकारमा गए केही राम्रा काम गर्छन् भन्नेमा विश्वास देखिन्थ्यो मतदातामा।
‘सप्तरंग’ कार्यक्रमको दोस्रो चरण प्रारम्भ हुने भएको छ। नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोडकास्टिङले जानकारी दिएको छ। गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो।