कोरोना संक्रमणका कारण देश लकडाउनमा रहँदा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु मापदण्ड उल्लङ्घन गर्दै डिन, कलेज प्रमुख तथा विभागीय प्रमुखहरु नियुक्ति हुन थालेको छ।
अभिभावक, समाज र स्कुलले बालबालिकालाई हुर्काउने क्रममा उनीहरुलाई कुनै काम गर्ने क्रममा हस्तक्षेप नगरी सपोर्ट गर्ने गर्नुपर्छ। बालबालिकाले कुनै काम गर्न लाग्दा यो काम तैँले गर्न सक्दैनस् नगर्न नभनी उसले त्यो काम कति गर्छ, गर्न दिनुपर्छ।
२०७५ साल फागुनमै भइसक्नुपर्ने स्ववियु चुनाव हुन सकेको छैन। यसपटक पनि फागुन १४ गते चुनाव गराउनुपर्ने बाध्यता थियो तर हुन सकेन। चुनाव किन हुन सकेन त ? के त्रिविले स्ववियुको विकल्प खोज्न थालेको हो या विद्यार्थीका कारण चुनाव हुन नसकेको हो ?
नाइटिङ्गेल स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल सहित ५ जना विद्यार्थी ‘दिगो विकासको लक्ष्य’ विषय लिएर न्युयोर्कमा ‘फ्युचर वी वान्ट मोडल युनाइटेड नेसन्स २०२०’ कार्यक्रममा सहभागी भएका छन्।
‘यो मोबाइल हेर्नु त कहाँ बन्छ ? अमेरिका, चीन, भारत वा कुनै अन्य देशमा। तर कहिल्यै तपाईंलाई लाग्दैन, यी कुरा नेपालमा किन बन्दैनन् ? अनि यो ल्यापटप, यो किबोर्ड कहाँ बन्छ ? कसरी बन्छ ? कस्ता सामान कसरी बनाउने भनेर कस्ता सूत्रले काम गर्छन् ? थाहा छ ?’ सहप्राध्यापक डाक्टर अरुण सिंहको भनाइ हो यो।
एक समय अनुसन्धानका लागि चर्चित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा चार वटा अनुसन्धान केन्द्र छन्। विज्ञान तथा प्रविधिको अनुसन्धानका लागि रिसर्च सेन्टर फर अप्लाइड साइन्स एन्ड टेक्नोलोजी अर्थात् रिकास्टको स्थापना भएको ४२ वर्ष पुगिसकेको छ।
कतिसम्म भने विद्यार्थी संगठनकै आपसी किचलोका कारण त्रिभुवन विश्वविद्यालय र यस मातहतका क्याम्पसहरुमा विद्यार्थीहरुको हकहित संरक्षण र सम्बर्द्धन गर्न स्ववियु चुकिरहेको आलोचना खेप्दै आइरहेको छ।
डा. धर्मकान्त बास्कोटा अहिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छन्। केपी ओली सरकारले उनलाई नियुक्त गरेको माघ १८ गते तीन महिना पुग्दैछ। मेडिकल काउन्सिलको नेतृत्व गरी नक्कली डाक्टरलाई कार्बाही गरेको क्रेडिट उनको खातामा छ।
जेएनयुमा भएको घटना जति निन्दनीय हो त्रिचन्द्रमा भएको घटना पनि उत्तिकै निन्दनीय हो । जेएनयुमाझ त्रिचन्द्रमा पनि सत्ताको दम्भमा एक प्राध्यापक कुटिएका थिए विना कारण । तर न्यौपाने कुटिँदा मौन रहेकाहरुको चित्त जेएनयुको घटनामा कुँडियो । यता वास्तै भएन ।
कुनै पनि भाषा सिकाइका चार भाग हुन्छन्, पठन, वाणी, श्रवण र लेखन। अंग्रेजी भाषा सिक्ने कलामा हामीले सुन्ने, पढ्ने, लेख्ने, बोल्नेजस्ता चारै वटा कलालाई हामीले मिहिन रुपमा बुझ्न जरुरी छ।
हामी नेपालीहरुको बानी के हुन्छ भने अंग्रेजी सिक्ने तर नेपाली तरिकाबाट। हामीले शब्द उच्चारण गर्दा कुन शब्द कुन एक्सप्रेसनमा भनेको हो ध्यान दिएका हुँदैनौँ।
कार्यकक्षमा पुग्न मात्र लागेका थिए, उनीमाथि त्रिचन्द्रका विद्यार्थी जाइलागे। लाठी र मुक्काले जतापायो त्यतै हिर्काउन थाले। घरी टाउकोमा, घरी ढाडमा त कहिले छातिमा विद्यार्थीले लात्तैलात्ताले हिर्र्काए। न्याैपानेले आफूलाई जोगाउन सकेनन्।
‘सरकारले १० प्रतिशत भन्सार शुल्क लगाएपछि पुस्तक महँगो भयो,’ प्याकुरेलले भने, ‘किन्नेहरु आउन छाडे।’ आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नेबेला अर्थमन्त्री युवाराज खतिवडाले विदेशबाट छपाई तथा बिक्रीका लागि नेपाल भित्रने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेका थिए।
संसारभर नयाँ बस्ती बसाउँदा, पार्क, स्कुल, अस्पताल आदि बनाउँदा बालमैत्री, अपाङ्ग मैत्री बनाउने प्रचलन बढेको छ। हाम्रोमा पनि पछिल्लो समय केही प्रयोग भएका छन् तर पर्याप्त भने छैन। साझा यातायातले बाल सिट राखेर सुरुवात त गरेको छ तर अन्य सार्वजनिक यातायातमा भने लागू छैन।
गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको मुख्य भूमिका रहेको हुन्छ। बच्चा बेलादेखि नै कस्तो शिक्षकले सिकाएको छ कसरी सिकाएको छ भन्ने कुराले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पछिसम्म पारेको हुन्छ।