पोखरा लेखनाथ महानगरपालिका महानगर हाँक्न चाहनेका ‘भिजन’

शुक्रबार संवाददाता ,आइतबार, २४ बैशाख २०७४

जिल्ला समन्वय समिति कास्की कार्यालय परिसरमा मंगलवार बिहान १० बजेदेखि नै चहलपहल थियो । दलहरूले बाजागाजासहित उत्साहजनक तरिकाले मनोनयन दर्ता गराए । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ र चार वटा गाउँपालिकामा उम्मेदवारी दर्ता भए ।