‘असल नेता छान्न’ सांगीतिक अभियान

शुक्रबार संवाददाता ,शनिबार, ३० बैशाख २०७४

पहिलो चरणको स्थानीय निर्वाचन हुने प्रदेशहरूमा यतिबेला चुनावी रौनक छ । दोस्रो चरण अर्थात् जेठ ३१ गते निर्वाचन हुने प्रदेशमा चुनावी रौनक पनि सुस्त छ । चुनावी माहोल सुस्ताएको बेला एक नम्बर प्रदेशमा भने धरानको हिमायती सांस्कृतिक समूहले ‘असल नेता छान्न’ आह्वान गर्दै सांगीतिक अभियान चलाइरहेको छ ।