महिलाका लागि वैदेशिक रोजगारीमा जान कुन उमेर उपयुक्त हो ? धेरैलाई लाग्न सक्छ– जुन उमेरका पुरुष वैदेशिक रोजगारीमा जान सक्छन्, महिलाका लागि पनि त्यही हो । तर, वास्तविकता फरक छ । नेपालको संविधानले महिला र पुरुषबीच समानताको व्याख्या गरे पनि यथार्थमा सरकारी निकायले नै महिलामाथि अझै विभेद गर्छ भन्ने उदाहरण वैदेशिक रोजगारीमा जाने महिलालाई उमेर हद तोक्नुलाई धेरैले लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको उमेर १८ देखि ४५ वर्ष तोकिए पनि महिलाका लागि भने देशैपिच्छे फरकफरक उमेर तोकिएको छ ।
तीन महिनादेखि कास्की, थुमौका–५का झलक गुरुङ न राति सुत्छन्, न दिनमा चैनले बस्न सकेका हुन्छन् । थिलथिलो परेको घरको आर्थिक अवस्था सुधार हुने आशाले छोरा राजुलाई वैदेशिक रोजगारीमा पठाएका झलक छोरा दुबईमा तीन महिनादेखि अलपत्र परेको खबर पाउँदा बेचैन भएका हुन् । दीपगेस्ट म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएर छोरालाई वैदेशिक रोजगारीमा पठाएका झलकले केही महिनामै विदेशबाट रकम प्राप्त गर्ने आशा गरेका थिए । ‘दुबई गएको एक महिनादेखि नै छोराले कमाउन थाल्ने आशा थियो,’ ५८ वर्षीय झलकले भने, ‘कमाई पठाउँला भन्ने आशा गरेको उल्टै छोरा दुबईमा अलपत्र परेको खबर आयो । अब कसरी छोरालाई उद्धार गर्ने र म्यानपावरलाई बुझाएको रकम फिर्ता गर्ने भन्ने समस्या आइलागेको छ ।’
अघिल्लो वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने युवा–युवतीको संख्या घटेपछि रेमिट्यान्समा गिरावट आउने खतरा बढेको छ । उद्योग–धन्दा तथा कृषि उत्पादन घटेको बेला देशको अर्थतन्त्र धानेको रेमिट्यान्समा पनि गिरावट आए आगामी दिनमा नेपालको अर्थतन्त्र कसरी अडिएला गम्भीर प्रश्न उब्जिएको छ । गत असार २१ गते श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसिया जाने कामदारलाई निःशुल्क भिसा र टिकटको ...
अर्थमन्त्री विष्णु पौडेलले शनिवार संसद्मा प्रस्तुत गरेको बजेट भाषणले सांसद्, सरकारी कर्मचारी, वृद्ध, अपांग, द्वन्द्वपीडित र एकल महिलालाई हर्षित पारेको छ । सांसद्को कोठा भाडा बढ्यो, कर्मचारीको २५ प्रतिशत तलब बढ्यो, सामाजिक सुरक्षा भत्ता दोब्बर भयो । सरकारले भौतिक पूर्वाधार निर्माणसहित आर्थिक ...
गत असोजदेखि इजरायल पठाउन थालिएको केयरगिभरको टोली बल्ल यसै साता इजरायल जान पाएको छ । नेपाल र इजरायल सरकारको काम गराइको ढिलासुस्तीका कारण अन्योलमा परेको केयरगिभरको टोली इजरायल उड्न पाएपछि त्यसको प्रतीक्षामा रहेका युवायुवती हर्षित भएका छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीको लागि आकर्षक मानिएका देशमध्ये एक दक्षिण कोरियामा पुनः रोजगारी खुलेको छ । अहिलेसम्म ३५ हजारभन्दा बढी युवायुवती पुगिसकेको कोरियाले यसपटक ३१ सय कामदार लैजाने तयारी गरेको छ ।
प्रहरी र आन्तरिक राजस्व विभागले क्षेत्राधिकार मिचेर कारबाही गरेको भन्दै साढे एक महिनाअघिदेखि विरोधमा उत्रिएका मेनपावर व्यवसायीको भित्री उद्देश्य शुल्क वृद्धि गर्नु रहेको रहस्य खुलेको छ ।