२०७२ मंसिर ७ गते ओखलढुंगा, बाक्सा–५ की दुर्गाकुमारी राईका निम्ति कम्ती खुसीको दिन थिएन । रोजगारीका लागि मकाउ जाने भन्दै ६ जना आफन्तबाट संकलन गरेको २६ लाख २५ हजार रुपैयाँ म्यानपावर र दलाललाई बुझाउँदा पनि वैदेशिक रोजगारी असफल भइरहेको बेला वैदेशिक रोजगार न्यायाधिकरणले त्यो दिन (२०७२ मंसिर ७ गते) पीडितलाई क्षतिपूर्ति र दलाललाई जेल पठाउने फैसला गरेको थियो ।
घरेलु कामदारको रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा जान हुन्छ या हुँदैन ? यतिखेर नेपाली श्रम बजारमा चर्को रूपमा प्रश्न उठिरहेको छ । घरेलु कामदारका रूपमा महिलालाई खाडी मुलुक पठाउँदा एकातिर आर्थिक र शारीरिक शोषण हुने खतरा छ भने नपठाउँदा अवैध तरिकाले महिला कामदार बाहिरिने जोखिम उस्तै छ ।
विदेशिने युवायुवतीलाई स्वदेशमै उत्पादनमूलक काममा लगाउनु पर्ने अर्थविद्/विकासविद्हरूले सुझाव दिँदै आए पनि त्यस्ता सुझावको कुनै अर्थ देखिन छाडेको छ । जसले गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि वृद्धि क्रम रोकिएको छैन ।
तपाईंका आफन्त या नातेदार कतारमा रहेका कारण तनावमा हुनुहुन्छ भने खुसीको खबर छ । साढे एक महिनाअघि छिमेकी मुलुकहरूले नाकाबन्दी लगाउँदा भयानक संकट हुनसक्ने त्रास बढेको बेला सरकारी टोलीले यसै साता गरेको कतार भ्रमणले अहिले नै कतारमा समस्या सिर्जना नभएको निष्कर्ष निकालेको छ ।
जर्मनी युरोपको मुुटुमा रहेको राष्ट्र हो । जर्मनीमा १६ वटा राज्यहरू छन् । जर्मनीको उच्च सीप, श्रम शक्ति, कम भ्रष्टाचार र उच्च तहको नवीन पद्धति सहितको सामाजिक बजार अर्थतन्त्र भएको मुलुक हो । युरोपमा सबभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्र जर्मनीको छ ।
छिमेकी मुलुकहरूले कतारमा नाकाबन्दी लगाएको एक महिनापछि मात्र नेपाल सरकारले आफ्ना नाागरिकप्रति चासो राखेको छ । नाकाबन्दीको सुरुवातीमै आफ्ना नागरिकप्रति चासो देखाउन धेरैले गरेको मागप्रति सरकारी अधिकारीले बेवास्ता गर्दै आइरहेका थिए ।
२०७२ मंसिर ७ गते ओखलढुंगा, बाक्सा–५ की दुर्गाकुमारी राईका निम्ति कम्ती खुसीको दिन थिएन । मकाउ लैजाने भन्दै दुर्गाबाट ठगिएको २६ लाख २५ हजार रुपैयाँ वैदेशिक रोजगार न्यायाधिकरणले सो दिन क्षतिपूर्ति र दलाललाई जेल पठाउने फैसला गरेको थियो ।
दुई वर्षअघि श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुकका ६ मुलुक (साउदी अरेबिया, कतार, ओमान, बहराइन, संयुक्त अरब इमिरेट्स र कुबेत) तथा मलेसिया जाने कामदारको हकमा लागू गरेको निःशुल्क भिसा र टिकटको निर्णय बल्ल कार्यान्वयन हुने सम्भावना देखिएको छ ।
ठूलो संख्याका नेपाली कामदारले घरबाहिर काम गर्नुपर्ने हुँदा गर्मीको अत्यधिक महसुस हुन्छ । रातिमा कोठामा एसी लगाउने र दिनमा अत्यधिक गर्मीमा काम गर्नुपर्दा स्वास्थ्यमा खराबी आउने गर्छ ।
जीटूजी (स्रोत र गन्तव्य मुलुकबीचको सिधा सम्पर्क) प्रक्रियामार्फत सन् २०१८ मा रोजगारीका लागि कोरिया जान १० हजार दुई सय जना छानिने भएका छन् । चैत ९–१८ गतेसम्म अनलाइमार्फत फारम भरेका ७५ हजार पाँच सय ८० जनामध्ये कोरियाले १० हजार दुई सय कोटा तोकेपछि उनीहरूको परीक्षा हुन गइरहेको हो ।
कोरिया जानका लागि अहिलेसम्म जीटूजी प्रक्रिया मात्र अवलम्बन गरिएको छ । अर्थात् कुनै पनि म्यानपावरले कामका लागि कोरियामा कसैलाई पनि पठाउन सक्दैनन् । कुनै म्यानपावर वा व्यक्तिले कोरिया पठाउने कुरा गर्यो भने त्यो गलत हो ।
ठूलो संख्यामा कामदार जाने मुलुकसँग नेपालले पटकपटक श्रम सम्झौता गर्न खोजे पनि ती देशका सरकारले मतलबै गर्न छाडेका छन् । श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुकका बिभिन्न देश र मलेसियासँग पटकपटक श्रम सम्झौताको प्रयास गरे पनि अहिलेसम्म मलेशिया सरकार बाहेक अन्य देशका सरकारले नेपालको प्रस्तावलाई बेवास्ता गरिरहेको पाइएको छ ।
केयरगिभरका लागि थप ६० जना इजरायल जाने भएका छन् । अघिल्लो महिना दरखास्त दिएकामध्ये अन्तिम छनोटमा ६० जना सफल भएपछि उनीहरू इजरायल जाने तयारीमा रहेका हुन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेका तमाम विकृति र समस्या नेपालीका लागि अब नयाँ विषयवस्तु हुन छाडे । विदेशमा गएर काम गरी आफू मात्र नभई सन्तान र घरपरिवारको गुजारा चलाउने उद्देश्य बोकेका कैयन युवायुवती दिनदिनै म्यानपावरबाट ठगिने, लुटिने क्रम जारी रहँदा पनि नेपाली समाज र खास गरी कानुन कार्यान्वयन गर्ने निकाय संवेदनहीन हुँदा दिनहुँ वैदेशिक रोजगारीको नाममा कोही न कोही ठगिइरहेको हुन्छ ।
वैदशिक रोजगारीमा जानुअघि सम्बन्धित देशसँग श्रम सम्झौता अनिवार्य ठानिए पनि सरकारले रोजगारदाता मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा धमाधम कामदार विदेश पस्ने क्रम रोकिएको छैन ।