गत वर्षकी मिस नेपाल अर्थ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो।
मसँग जिन्दगी बिताउँदा खुसी हुन्छुजस्तो लाग्दैन भने मलाई सिधै भन । मायामा पाउनु पर्छ भन्ने मात्र छैन, गुमाउनु पनि माया नै हो । तिम्रो लागि भनेर मैले सबैथोक छाडेँ तर किन आज तिमीले मलाई मर्नु न बाँच्नु बनाएको हो ?
शुरु–शुरुमा हामी दैनिक भेट्थ्यौँ । विस्तारै ग्याप मेन्टेन गरेर भेट्ने कुरा भयो । हामी दुवै यसमा सहमत भयौँ र हप्तामा एक चोटी, दुई हप्तामा एक चोटी भेट्ने गर्न थाल्यौँ ।
किशोर–किशोरीलाई आफूअनुकूलको विषय पढ्न दबाब दिनु हिंसा गर्नु हो । हामीले यस्तो हिंसा घरघरमा गरिरहेका छौं । शिक्षाको माध्यमबाट जुन हिंसा हुन्छ यो खतरनाक हुन्छ ।
अभिभावकका लागि पढिदिएका बच्चाहरु छिट्टै कुलतमा फस्ने सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ । यसबाट उनीहरुको भविष्य त बर्बाद हुन्छ नै, देशले समेत सक्षम नागरिक गुमाउँछ ।
लागूऔषध कानुन कार्यान्वयन इकाई (एनडीसीएलईयू) ले संसदको राज्यव्यवस्था समितिलाई दिएको प्रतिवेदनमा लागूऔषधले युवा पुस्तालाई सिध्याउन लागेको उल्लेख गरिएको छ ।
हास्यकलाकार मनोज गजुरेल र मीना ढकालबीच भएको डिभोर्स व्यक्तिगत विषय भए पनि जनचासो कम छैन । यो घटना सार्वजनिक भएसँगै चित्त दुखाउने आम नागरिक धेरै भेटिए । मनोज–मीना ट्रयाजेडीबारेको जनमत यस्तो छ :
यो ठाउँमा थरिथरिका मान्छे आएका हुन्छन् । म यो ठाउँमा बसेको करिब १० वर्ष भइसक्यो । नयाँ नौलो मान्छेहरु देख्नै नहुने ! जाने हो ? भनेर सोधिहाल्छन् । एक्कासि त सोध्दैनन् तर एकछिन हिँडडुल गर्दा शंका गरिहाल्छन् र जाने हो भनेर सोधिहाल्ने गरेको देखेको छु । जब साँझ–साँझ पर्छ, यहाँ देह व्यापार गर्नेहरुको जमघट सुरु हुने गरेको छ । प्रहरी प्रशासन नजिकै भएर के गर्नु ?
विभिन्न जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्ने नेपालीहरुलाई चुनावले छोइसकेको छ । आफ्नो र योग्य प्रतिनिधि छान्नका लागि कसले जित्छ र कसले हार्छ भन्ने राजधानीका चिया पसलदेखि होटेलसम्म बहस सुरु भइसकेको छ ।
गुल्मीबाट बुटवल एक दिन लाग्छ । त्यहाँबाट रात्रि बस चढेर काठमाडौँ आयौँ तर आउँदा नवलपरासीमा आइनपुग्दै गाडीको टायर पङ्चर भएर निकै समय त्यहस् ठाउँमा बस्नु प¥यो । दसैँका बेला थोत्रा गाडी चलाइने हुनाले यसपालिको दसैँ सुखदुःख मनाउनु पर्यो ।
दसैँमा घर नजाने हो । बुबाआमालाई लुगा किनेर लाने गरेको छ । ५०–६० हजार खर्च हुन्थ्यो तर यो दसैँ यतै मनाउने विचारमा छु । गाउँको घर भूकम्पले भत्केर बनाएकै छैन । अब यो पालि अलि कम खर्च हुन्छ किनभने गाडी भाडा बच्यो नि !
मधेसको विकासका लागि यो चुनाव निकै आवश्यक थियो । चुनावपछि यहाँको विकासमा निकै ठूलो परिवर्तन आउने अपेक्षा लिएको छु । मधेसका जिल्लाहरुमा स्थानीय स्तरमा जुन राजनीतिक खिचातानी अन्त्यका लागि पनि यो चुनाव निकै सहायकसिद्ध हुनेछ भन्न सकिन्छ ।
यसपालि दर्सैँमा घर जादिनँ । म अहिले दसैँँमा जानुभन्दा अरु कुनै बेला जान्छु । कसैले नपाएको दुःख पाइन्छ दसैँमा घर जाने बेला । टिकट काउन्टरमा प्याक हुन्छ । आफूलाई मनपर्ने सिट पाउन गाह्रो हुन्छ । यसपालि परीक्षा पनि आउन लागेको छ ।
अरु समयमा भन्दा बढी यात्रुहरु दसैँको समयमा काठमाडौँबाट आफ्नो घरमा जाने गर्छन् । एकै चोटि धेरै जाने काठमाडौँबाहिर जाने गर्छन्, जसले गर्दा यात्रुहरुलाई टिकट पाउन निकै नै गाह्रो हुन्छ ।
सार्वजनिक सवारी साधनमा भिड धेरै हुन्छ । त्यस्तोमा महिलामाथि हुने दुव्र्यवहार हुनु सामान्य कुरा हो । त्यसैले यसलाई रोक्न सरकारले महिला र पुरुषका लागि अलग–अलग गाडीको व्यवस्था गरिदिनुपर्छ । यसका साथै महिलाले पनि आफ्नो बचाउ आफैँ गर्न सक्नुपर्छ ।
हिन्दू महिलाको महान् चाड हरितालिका तीजको रौनक अहिले सर्वत्र देखिन्छ । पर्वमा महिलाहरू स्वास्थ्य, समृद्धि र पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन् । केही वर्षयता भने तीजको संस्कार र संस्कृतिमा निकै परिव्रतन भएको आरोप लाग्ने गरेको छ ।
बाढीपहिरो हरेक वर्ष जाने गर्छ । यो कुनै नयाँ कुरा होइन तर यसका लागि सरकारले पूर्व तयारी गर्यो भने राम्रो हुन्छ । नत्र भने सधैँ मानिसहरु बाढीपहिरोमा मर्ने गर्छन् । यसलाई रोक्न नेपाल र भारतबीच बाँध खोल्ने सम्झौता हुन जरुरी छ । यसले गर्दा बाढीपहिरोमा परेर डुबानमा पर्नेको संख्या घट्न सक्छ होला ।