दीपाश्रीका विरोधी उनी अघिल्तिर उभिएर ‘वन–टु–वन’ वार्ता गर्न सक्तैनन्। उनीहरुले केही असन्तुष्टि व्यक्त त गर्लान् तर जसरी अप्रत्यक्ष रुपमा जति घातक प्रहार गर्न मान्छे उद्यत हुन्छ, आफू देखापरेरै चुनौती दिन सक्तैनन्। यो मानवीय प्रवृत्ति हो। देख्नु, चिन्नु र जान्नु फरक अवस्था हुन्छ।
असार १ गते प्रस्तुत आर्थिक वर्ष ०७७/०७८ को आफ्ना बजेटमा सातै प्रदेश सरकारले छोरी–बुहारीलाई उच्च शिक्षासम्म पहुँच पु-याउने कुरालाई जोड दिएका छन्। शिक्षामा गुणस्तर कायम गर्न भनेर सबै प्रदेश सरकारले गरी कूल ६ अर्ब १० करोड ९० लाख बजेट छुट्याइएको छ।
इन्टरनेटको पैसा तिर्न सजिलो होला, मोबाइलमा रिचार्जका लागि कार्ड घोट्न नपर्ला भन्ने सोचेर मैले इसेवा भन्ने एप डाउनलोड गरेकी थिएँ। त्यसले केही दिनदेखि स्कुलको शुल्क बुझाउनुभयो भनेर सोध्यो ! यो म्यासेज एक महिनाभित्र २० पटकभन्दा बढी पठाएर तनाव !
जेठा छोराका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोराका सन्तान बनाएर जापान पठाउन कागजात बनाउन संलग्न देखिएका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको अपराधबारे छानविन गर्न बनेको समितिले छिटो काम नहुनुमा कागजात बनाउन संलग्न कर्मचारीको अवकाशले अप्ठेरो पारेको जनाएको छ।
अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजुको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजुलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।
लाक्पा पहिलो नेपाली महिला हुन्, जो सगरमाथाको चुचुरोमा पुगेर सफलतापूर्वक फर्किइनन् मात्र, सर्वाधिक नौ पल्ट सगरमाथाको सफल आरोहरण गरेर आफ्नो नाममा विश्व कीर्तिमानसमेत बनाइन्।
आफ्ना दुई नातीलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा आमाबाबु नै परिवर्तन गरिदिएका पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जानकारी दिएको छ।
पाँच दिनसम्म मनाइने भएकैले तिहारलाई यमपञ्चक भनिएको हो। यस पर्वमा मानिस, पशुपक्षी र चौपायाको पूजा गरिन्छ। घरको रेखदेख गर्ने कुकुरदेखि सूचना आदान–प्रदान गर्ने काग, धानधान्य वृद्धि गराउने गाई र गोरु सबै पूजा गरिन्छ।
मेरो भाइ विदेशमा भएका कारण भाइटीका लगाउन नपाएको दुई–तीन वर्ष भइसक्यो। यसपाला पनि आएन। दिदीभाइको तिहारमा भेट नभएको लामै समय भइसक्यो। त्यस कारण मलाई तिहार अलिक खल्लो भइराखेको छ।
गहिरो भाँडोमा चामलको पीठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हाली मुछ्ने। आधा घण्टा त्यत्तिकै छोड्ने। एउटा ताईमा घ्यू या तेल तताउने। घ्यु या तेल सेल डुब्ने गरी राख्नुपर्छ। तेल तातेपछि मुछेको पिठो गोलो बनाएर ताईमा हाल्ने।
गालामा झपक्क मखमली फूलमा सजिएका दाजुभाइ। निधारमा टल्कने सप्तरंगी टीकासँगै क्या सुहाउँछ त्यो माला गलामा। सौन्दर्य त छँदैछ। मखमलीसँग धार्मिक मान्यता पनि गाँसिएको छ।
तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीको निमन्त्रणाका लागि आँगनमा मण्डला बनाउने परम्परा पुरानै हो। पछिल्ला दिनमा आँगनबाट मण्डला हराउँदै गएको छ भने रंगोलीको प्रयोग बढ्दो छ। भारत र नेपालको मधेसमा रंगोलीको प्रयोग हुने गरेको छ।
तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो देउसी–भैलो। देउसीमा यति धेरै तामसी गुण छ कि, जो कोही देउसी खेल्न रौसिहाल्छन्। रौसिलो पारामा मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा आउँथे देउस्याहरु।
यस वर्षको गजल प्रतिभा सम्मान सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिने भएको छ। गजल सन्ध्या पोखरा नेपालले प्रदान गर्दै आएको सम्मान कात्तिक ९ गते पोखरामा प्रदान गरिनेछ।