नेपाली लेखकभन्दा पाठक निकै अगाडि छन् । केही सर्भेहरूले पाठकभन्दा लेखक कम पढ्छन् भन्ने बताइरहेका छन् । भने जस्तो पुस्तक नपाएर पाठकहरु अंग्रेजी पुस्तकतर्फ ढल्केका पनि छन् । कतिपय लेखकहरू साहित्यमा सहानुभूति लेखेर आफूलाई पाठकमाझ परिचित गराउन खोजिरहेका जस्ता देखिन्छन् ।
मानिसको यौन मनोभावनालाई टपक्कै टिपेर कलात्मक शैलीमा कथामार्फत प्रस्तुत गर्ने श्रीरामसिंह बस्नेत पेशाले पत्रकार हुन् । विभिन्न विधाका ८ पुस्तक निकालिसकेका बस्नेत मनोविश्लेषणात्मक कथा लेख्न बढी रुचाउँछन् । अहिले उनको ‘अनुहारहरू’ कथा सङ्ग्रह प्रकाशित भएको छ । मनोविश्लेषणात्मक यौन कथामा कलम चलाउन रुचाउने बस्नेतले लेखन र अहिलेको शैलीबारे प्रजु पन्तसँग साटेको अनुभव ।
किताब लेख्ने घोषणा गर्नुभन्दा अगाडि नै रेडियो नाटक लेखेको हो । नाटककारलाई लेखक तथा साहित्यकार नमान्ने हो र ? त्यस्तो आरोप लगाउनेलाई भन्दिनुस् के सेक्सपियर साहित्यकार होइनन् ? मैले सन् २००७ मा नै नाटक लेखेको हो । अनि म किन साहित्यकार भनेर चिनिन नहुने ?
‘पुरस्कार मलाई दिनुस्, त्यो राशि बराबरको नगद तपाईंलाई नै भने’ भनेर पुरस्कार वितरकलाई पनि फकाइन्छ भन्ने पनि सुन्नमा आउँछ ।'
कुनै लेखकको अघिल्लो पुस्तक राम्रो लागेर अर्काे पुस्तक पनि पढ्यो त्यो राम्रो हुँदैन । खालेद हासेनीको ‘एण्ड दि माउन्टेन इचोड’ राम्रो लागेन । उनका अघिल्ला कृतिहरु ‘दि काइट रर्नर’ र ‘अ थाउजेन्ड स्पेलेन्डडसन्स राम्रो लागेर पढेको थिएँ । अनि नयनराज पाण्डेको ‘घामकिरी’ फिटिक्कै मन परेन ।
मान्छेहरु सेन्टिमेन्टल गीत सुन्दा पनि रोइदिन्छन् । फिल्म हेर्दा पनि रुन्छन्, तर मलाई अहिलेसम्म कुनै पुस्तकले रुवाउन सकेको छैन ।
सगौरव भन्छु म ब्याक बेन्चर थिएँ, र छु । पढाइमा लद्दु भएर होइन । कक्षाको अन्तिम बेञ्चमा बसेर पढ्नुको मज्जा यो छोटेमोटे कथाको काइते चिर्कटोमा अटाउँदैन । तपाईंहरूमध्ये कोही त प्रेममा पर्नु भएकै होला । यदि पर्नु भएको भए राजधानीमा गुड्ने लोकल बसको अन्तिम सिटमा बसेर यात्रा गर्नुको अद्भूत आनन्द तपार्इंहरूको प्रेम जोडीलाई पनि थाहा हुँदो हो ।
कुनै जमाना थियो, काठमाडौं बाघ जस्तो थियो र त्यो देखेर मोफसल तर्सनु पथ्र्यो । लेखक बन्नलाई काठमाडौं नगइनहुने वा काठमाडौंका पत्र–पत्रिकामा आफ्नो रचना नछापी नहुने बाध्यता थियो । हेर्दाहेर्दै काठमाडौं चिडियाखानाको बाघजस्तो बन्यो ।
कलकत्तामा जन्मिएका अमन श्रेष्ठ पाँच वर्षको उमेरमा सर्लाहीको हरिवन फर्किए । पढाइ त्यहीँ सुरु भयो र प्लस टु त्यहीँ पूरा गरे । बिबिएस अध्ययनसँगै रेडियो सिटी एफएममा कार्यक्रम चलाउँदै अघि बढे । एमकम अध्ययन सकेपछि उनी भविष्य खोज्दै अस्ट्रेलिया गए ।
कामको व्यस्तताले गर्दा पहिलेको तुलनामा अहिले म पढाइलाई समय अलि कम दिने गरेको छु । कार्य व्यस्तताको बाबजुद अहिले पनि म एक साथ तीनवटा पुस्तक पढ्दै छु । ती पुस्तकमा कवि विप्लव प्रतीकको ‘अविजित’, रवीन्द्र कार्कीको ‘बोर्डर’ र झुम्पा लाहिरीको ‘लो ल्यान्ड’ भन्ने पुस्तक रहेका छन् ।
कवि विप्लप प्रतीकले भर्खरै ‘अविजित’ उपन्यास प्रकाशन गरेर आफ्नो परिचय उपन्यासकारमा उकालेका छन् । ‘नहारेको मान्छे’ र ‘अ पर्सन किस्ड बाई मुन’ उनका प्रकाशित कविता कृति हुन् । ‘अ पर्सन किस्ड बाइ द मुन’ त अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा समेत अनुवाद भइसकेको छ ।
पुस्तकको रूपमा त हैन । तर, अहिले म एउटा पत्रिकामा छापिएको अफगानी लेखक अतिक रहिमीको उपन्यास ‘अ थाउजेन्ड रुम्स अफ ड्रिम्स एण्ड फियर’को हिन्दी अनुवाद पढिरहेको छु । अतिक रहिमी लेखकबाहेक सिनेमाका निर्देशक पनि हुन् । उनको ‘गन विद द विन्ड’ भन्ने फिल्म मलाई साह्रै मन परेको हो । निकै चर्चित सिनेमा पनि हो यो ।
रंगकर्मी तथा नाटककार अषेश मल्ल पेशाले पद्य कन्या क्याम्पसका नेपाली साहित्यतर्फ सहप्राध्यपक हुन् । हालसम्म उनका २२ वटा नाट्य पुस्तक साथै ‘अद्र्धविराम’ कथा संग्रह, ‘एक्लो एकान्त’ कविता संग्रह पनि प्रकाशित भइसकेका छन् ।
पूर्व मुख्य सचिव एवं कवि विमल कोइराला एक कुशल प्रशासक हुन् । त्यसका अतिरिक्त साहित्य क्षेत्रमा पनि उनले कलम चलाएका छन् । उनका ‘मौन शिविरबाट’, ‘निजामती सेवामा विमल कोइरालाका २७ वर्ष’ जस्ता कविता र अनुभूति गरी पाँच पुस्तक प्रकाशित छन् । विविध विधामा उनका लेख तथा अन्य रचना विभिन्न पत्रपत्रिकामा प्रकाशन हुने छन् ।
आम निर्वाचन २०७४ को मत परिणाम धमाधम आउँदैछ । संविधान सभाबाट संघीय नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक मतदानमार्फत जनमत प्रकट भइरहेका बेला डा. चन्द्रबहादुर गुरुङ ‘आक्राङे’ पोखरामा भन्दै थिए, ‘हाम्रो देश अझै सार्वभौमसत्ता सम्पन्न छैन ।’ यतिबेला यसोभन्दा धेरैलाई मन पर्दैन होला, उनले थपे, ‘बाध्यतावश भन्नुपर्छ, वास्तविकता यही हो ।’
जब पहिलो पटक महसुस गरेँ..बतासले ल्याएको उसको प्रेमको स्पर्श..मनको सल्लेरीमा जोडजोडले बग्यो ऊ..ठीक त्यसै बेलादेखि..बा–आमाको अनुहारबाट..अस्ताएको थियो घाम..दाई भाउजूको शिरको ताज पनि..बाँसको टुप्पोझैं नुहेको थियो..र सानो भाइ मेरो अघिपछि उफ्रिदै कराउँथ्यो..‘दिदी, ऊ त अछुत हो अरे’.. मैले कहिल्यै जात, धर्म र वर्ग सोधिनँ, बरु उसले बालेको प्रेमको दियोमा अनवरत तेल थपिरहेँ आँखाले धून नसुनेजस्तो प्रेमले पनि त कहाँ सुन्दो रै’छ र जातको कुरा
केही दिनअघि हरिमाया भेटवालको उपन्यास ‘कल्ली’ पढेँ । यो उपन्यास पढ्दा साहै्र आनन्द लाग्यो । यस उपन्यासमा सामाजिक वातावरण झल्किएको छ । यस उपन्यासमा समाजमा महिलामाथि हुने सबैखालका हिंसा समेटिएका छन् । यस उपन्यासमा महिलामाथि समाज र पुरुषको सोच कस्तो हुँदोरहेछ भन्ने छर्लङ्ग पारिएको छ । अहिले म भगवद्गीता पढ्दै छु । फुर्सदको समयमा यो पुस्तक पल्टाउने गर्छु ।
पाँच वटा आख्यान प्रकाशन गरिसकेका राजेन्द्र पराजुली एउटा स्थापित साहित्यिक अनुहार हुन् । विकल्प यात्रा, जाडोमा भोक, सपनामा माक्र्स र शुक्रराज शास्त्रीको चस्मा कथा संग्रह तथा अनायिका उपन्यास र भ्रष्ट संवेदना कविता संग्रह उनको खातामा छन् । पराजुलीसँग शुक्रवारले गरेको पठन संवाद ।
नेपाली नियात्रा–साहित्यको बहुमूल्य हिराका रुपमा लिइने ‘बेलाइततिर बरालिँदा’मा बेलायत यात्राका रोचक र घोचक अनुभूति समेटिएका छन् । पढ्ने पाठकले आफैँ यात्रा गरेको अनुभव गर्ने यी निबन्ध विदेश र देशको गज्जबको तुलना गर्न सक्षम छ । २०२६ सालको मदन पुरस्कार प्राप्त यति पुरानो पुस्तक नयाँ कलेबरमा बजारमा आएको छ ।
२५ असोजको राति बाग्लुङ, गलकोट नगरपालिका वडा नम्बर ५ लाम्पाटाकी ३५ वर्षीया महिलाको हत्या भयो । महिला हत्या आरोपमा प्रहरीले ५७ वर्षीय खिमबहादुर निउरे र ३५ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ । तन्नामा पोको पारिएको अवस्थामा दरमखोलामा भेटिएको शव अनुसन्धानमा यो पनि खुल्यो कि, रातभर मदिरा पिएर सामुहिक यौनकार्य गर्न नमानेका कारण ती महिलाको हत्या भयो ।